• काठमाडौं । भनिन्छ, काँग्रेसमा प्रशिक्षण नै हुँदैन, त्यसैले काँग्रेसका नेता तथा कार्यकर्ता तार्किक हुँदैनन् । सँधै काँग्रेसमाथि प्रशिक्षण अभावको आरोप लाग्ने गरेको छ ।

    तर, अब काँग्रेसको ध्यान प्रशिक्षणतर्फ गएको देखिन्छ । यदकदा भेटघाटलाई प्रशिक्षणका रुपमा प्रयोग गर्दै आएको काँग्रेसले अब प्रशिक्षणलाई अभियानकै रुपमा अगाडि बढाउने काँग्रेस उपसभापति विमलेन्द्र निधिले जनाए । उनकै संयोजकत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणलाई अभियानकै रुपमा अगाडि बढाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिब मुक्ति आचार्यले बताए ।

    प्रष्ठिानको आइतबार बसेको बैठकले १३ वर्षका विद्यार्थीदेखि संघीय संसद्का सांसद्हरुलाईसमेत प्रशिक्षणका लागि कार्यक्रम बनाएको छ ।
    संघीय सांसद, प्रदेशसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधिहरु र विद्यार्थीका लागि प्रशिक्षणको कार्यक्रम तय गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । अब पार्टीको सदस्य लिन पनि अब प्रशिक्षणलाई अनिवार्य बनाउने काँग्रेसले जनाएको छ ।

    बैठकले यही २५ गतेबाट शुरु हुने पार्टीको देशव्यापी जागरण अभियानलाई सघाउ पुग्ने गरी कार्यक्रम बनाउने पनि निर्णय गरेको छ ।

    प्रतिष्ठानको विज्ञप्तिः

    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
    वैशाख २१, २०७६

    प्रेस विज्ञप्ति

    वैशाख १९ गतेदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको सभापतित्वमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो । बैठकमा प्रतिष्ठानका सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

    बैठकको निर्णय देहाय बमोजिम रहेको छ ः

    १. नेपाली कांग्रेसद्वारा घोषित “राष्ट्रिय जागरण” कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न र यसका लागि सहयोग पुग्ने गरी प्रतिष्ठानका कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने ।
    २. संघीय संसद ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० मा रहेका नेपाली कांग्रेसका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने ।
    ३. पार्टीका महाधिवेशन प्रतिनिधिहरुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने ।
    ४. सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश स्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने ।
    ५. नेपाली कांग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाण्डौंमा आयोजना गर्ने ।
    ६. पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई प्रशिक्षणको कार्यक्रम संचालन गर्ने÷ गराउने ।
    ७. विदेशस्थित जनसम्पर्क समितिहरुमा आवद्ध साथीहरुलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने ।
    ८. संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि “कांग्रेस मेला” को आयोजना गर्ने ।
    ९. समसामयिक राष्ट्रिय विषयहरुका सम्बन्धमा विचार–गोष्ठी÷छलफल, वहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने ।
    १०. अन्तर्राष्ट्रिय विषयहरुका सम्बन्धमा देशभित्र र देशबाहिरका विज्ञ र प्रतिनिधिहरु सहभागी गराई संवाद, गोष्ठी, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रमहरु संचालन गर्ने ।
    ११. नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहिदहरुको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीहरुका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समुहका लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने ।
    १२. पार्टीको विधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्व प्रशिक्षण लिएको हुनै पर्ने भएकोले सबै क्रियाशील सदस्यहरुका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्ने ।

    मुक्ति आचार्य
    सचिव

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…