• ललितपुर, वैशाख २३ गते । नेपाली काँग्रेसले वैशाख २५ देखि सुरुहुने ‘राष्ट्रिय जागरण’ लाई प्रभावकारी बनाउन सातै प्रदेशमा जनप्रतिनिधिलाई प्रशिक्षण र ‘काँग्रेस मेला’ आयोजना गर्ने भएको छ ।
    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै सो खाका बाहिर ल्याएको हो । मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्बिर, ऐतिहासिक तस्बिर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन् । मेला काँग्रेसजनका लागि उत्सव मेलाजस्तै हुने पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बताउनुभयो ।

    संयोजक निधिले कांग्रेसद्वारा घोषित राष्ट्रिय जागरण कार्यक्रमलाई पूर्णरूपमा सफल पार्न र यसकालागि सहयोग पुग्नेगरी प्रतिष्ठानका कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गर्न लागेको बताउनुभयो ।
    प्रतिष्ठानका अनुसार, संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका काँग्रेसका सांसद्का लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्नेछ ।
    सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने जानकारी पनि संयोजक निधिले दिनुभयो ।

    यसैगरी, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने गराउने, विदेशस्थित जनसम्पर्क समितिहरूमा आवद्ध व्यक्तिलाई प्रशिक्षणको कार्यक्रम आयोजना गरिने बताइएको छ ।
    प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस मेला’ को आयोजना गर्ने तथा समसामयिक राष्ट्रिय विषयमा विचार–गोष्ठी, छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले दिनुभयो ।

    कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…