• काभ्रे, वैशाख २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।
    गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताउनुभयो । साथै, उहाँले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताउनुभयो । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उहाँलेआग्रह गर्नुभयो । उहाँले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएकोबताउनुभयो ।

    उहाँले लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्बन्ध हुने भएकाले समाजको सम्बन्धलाई मजबुत राख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको धारणा राख्नुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुहुँदैपहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन वर्षका रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताउनुभयो । सरकारले गफ गरेको भन्नेहरूप्रतिलक्षित गदै मन्त्री बाँस्कोटाले बोलेपछि मात्र काम हुने स्पष्ट पार्नुभयो । उहाँले ‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ भन्नुभयो ।

    कार्यक्रममा सामाजिक संघसंस्थालाई सरकारले नियन्त्रण गर्न खोजेको गुनासो आएपछि मन्त्री बाँस्कोटाले सामाजिक संस्थाको सरकारले नियन्त्रण नभई नियमन मात्र गर्न खोजेको स्पष्ट पार्नुभयो । उहाँले सामजिक संघसंस्थामा पनि पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।

    “तपाईहरूलाई कानुनमा अप्ठेरो छ भने सरकार सच्याउन तयार छ तर वाह्य सहयोगबारे सरकारलाई जानकारी हुनुपर्छ । नेपालको सार्वभौम खलबल्याउने खेल पनि सामाजिक संघसंस्थाबाट देखिएका छन्,त्यसलाई के भन्ने ?”उहाँले प्रश्न गर्नुभयो । सामाजिक संघसंस्थाको अबको आन्दोलन मुलुकको दिगो विकास लक्षित हुनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
    कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले संसदमा पेस भएका विधेयकले संघसंस्थालाई त्रसित बनाएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…