• वैशाख २३, काठमाडौं । आज सोमबारदेखि धरानमा हुने भनिएको नेपाल रेडक्रस सोसाइटीको अधिवेशन रोकिएको छ। गृह मन्त्रालयले सोमवारदेखि बुधबारसम्म धरानमा तोकिएको ४८ औँ महाधिवेशन गर्न प्रतिबन्ध लगाएको हो।

    गृह मन्त्रालयको निर्देशनअनुसार सुनसरीको धरानमा आयोजना हुने अधिवेशनमाथि प्रतिबन्ध लगाएको काठमाडोंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। उनले नेपाल रेडक्रस सोसाइटी विरुद्ध विदेशी रेडक्रस र नेपालबाटै विभिन्न उजुरी परेपछि छानविन भइरहेका कारण अधिवेशनमाथि प्रतिबन्ध लगाइएको बताए। अन्तर्राष्ट्रिय रेडक्रसहरूले नै संस्थागत उजुरी हालेका कारण नेपाल रेडक्रसको अधिवेशनमाथि प्रतिबन्ध लगाउनु परेको काठमाडौंका प्रजिअ आचार्यले बताए।

    ुनेपाल रेडक्रस सोसाइटी केन्द्रीय गोदाम घर निर्माणका लागि जग्गा खरिद, केन्द्रीय रक्त सञ्चार केन्द्रको नयाँ भवन निर्माण, विभिन्न जिल्लामा खानेपानी लगायतका आयोजनामा भष्ट्राचार तथा आर्थिक अनियमितता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय र गृह मनत्रालयमा परेपछी छानविन भइरहेको छु, प्रजिअ आचार्यले भने, ुअधिवेशनबाट आउने नयाँ नेतृत्व निश्पक्ष नहुने र साधारण सभामा समेत चलखल हुने देखिएकाले अधिवेशन नगर्न नगराउन रेडक्रस केन्द्रीय कार्यालयलाई लिखित निर्देशन दिएका हौँ।ु छानविन नसकुन्जेलसम्म रेडक्रसको साधारण सभा, अधिवेशन र निर्वाचन नगर्न लिखित निर्देशन दिएको आचार्यको भनाई छ।

    गृह मन्त्रालयको निर्देशन अनुसार सुनसरी प्रशासनले पनि रेडक्रसको अधिवेशन रोक्न प्रहरी परिचालन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

    अधिवेशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तय भएको थियो। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले प्रशासनको निर्देशनपछि बसेको केन्द्रीय समितिको आपतकालीन बैठकले अधिवेशन स्थगित गर्नु परेको बताए।

    रेडक्रस अधिवेशनका लागि देश विदेशबाट २९१ प्रतिनिधि सहित ४५० सहभागी धरान आएका रेडक्रस सुनसरीका सभापति उमेश थापाले बताए। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…