•  

    विराटनगर, २३ बैशाख । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै आजबाट विराटनगरमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । विराटनगरमा बन्दको प्रभाव परेको छ । नगरका अधिकांश शैक्षिक संस्था बन्द गरिएको छ भने सडकमा सवारी साधन ठप्प पारिएको छ । बजार पसल पनि बन्द छन् । बन्दकर्ताहरु चोक चोकमा बसेर बिरोध प्रदर्शन गर्दै छन् ।
    प्रदेश नम्बर एकको राजधानी विराटनगर रहने तर कार्यपालिका र व्यवस्थापिका भने बृहत विराट क्षेत्र अन्तर्गतका निकायहरुमा रहने गरि प्रदेश सभामा आईतबार दर्ता भएको प्रस्तावको बिरोधमा सोमबारबाट अनिश्चितकालीन विराटनगर बन्दको आह्वान गरिएको हो । आईतबार बसेको सर्वपक्षीय भेलाबाट सम्पुर्ण संरचना सहित विराटनगर लाई राजधानी तोक्न माग गर्दै भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति समेत गठन गरिएको छ । समितीमा नेकपा, कांग्रेस, राजपा, राप्रपा, संघिय समाजवादी फोरम लगायतका दल सह संयोजकका रुपमा छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…