• लक्ष्मीमार्ग । ‘मेरो सुविधा कटाइदेऊ लेटाङ नगरपालिकाभित्रका फुसका छानो हटाइदेऊ’ भन्ने उद्गारसहित लेटाङ नगरप्रमुख शङ्कर राईले शुरु गरेको फुसको छानो हटाउने अभियान अन्तर्गत दोस्रो चरणमा शनिबार लेटाङ नगरपालिका वडा नं. ७ वारङ्गीका आर्थिक अवस्था कमजोर भई फुसका छानोमा बसिरहेका ४० घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।

    विपन्न वर्गका मानिसह्रू वर्षायाममा हावापानी र हिँउदमा घामबाट जोगिनसमेत नसकिरहेको बेलामा नगरपालिकाले फुसको छानो हटाउने अभियान ल्याएको हो । आर्थिक अवस्था कमजोर भई जस्तापाताले छाएको घरमा बस्ने सपना नगरपालिकाका प्रमुख राई चढ्ने गाडी खरिद गर्नका लागि विनियोजन गरेको ६८ लाख बजेटलाई रकमान्तर गरी जस्तापाता खरिद गर्ने निर्णय गरेपछि पूरा भएको हो । प्रतिपरिवार ४ बण्डल जस्तापाता वितरण गरिएको नगरप्रमुख राईले बताए । शनिबार मात्र करिब १६ लाख बराबरको जस्तापाता वितरण गरिएको नगरप्रमुख राईले जानकारी दिए ।

    लेटाङ नगरपालिकाका ९ वटै वडामा कुल ४ सय २५ जना फुसको छानो भएका घरपरिवार रहेको तथ्याङ्क नगरपालिकामा आएको छ भने यो सङ्ख्या बढ्न सक्ने नगरप्रमुख राईले जानकारी दिए । ४ सय २५ घरपरिवारलाई जस्तापाता वितरण गर्दा करिब १ करोड ४८ लाख आवश्यक पर्ने र उक्त रकम नगरपालिकाले क्रमागत रूपमा विनियोजन गरेर २ वर्षभित्रमा फुसको छानो हटाइसक्ने नगरप्रमुख राईले दाबी गरे ।

    जस्तापाता पाएपछि स्थानीयबासी साहेवसिंह लिम्बूले खुशी हुँदै लेटाङ नगरपालिकाका मेयरजस्ता नेता नेपालमा सबैजना हुने हो भने नेपाली जनताले चाँडै सुख पाउने प्रतिक्रिया दिए । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, वडा नं. ७ का वडाअध्यक्ष नगेन्द्र लिम्बू, लेखा अधिकृत सुशील बास्तोला, योजना अधिकृत भानुभक्त राई, समाजसेवी इन्द्र मावोहाङ, बालकुमार लिम्बूलगायतको उपस्थितिमा जस्तापाता वितरण गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…