• -ओम आचार्य

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ गते संघीय संसदमा संबोधनका क्रममा व्यक्त गरिएको ‘मेरो सरकार’ को अहिले सर्वत्र विरोध गरिएको छ । तर प्रधानमन्त्री के पी ओली ‘मेरो सरकार’ को प्रतिरक्षा गर्दै भन्नुभएको छ ‘अन्तर्राष्ट्रिय प्रचलन हो मेरो सरकार भन्ने सम्बोधन ।’ नेपालमा राष्ट्रपति कुनै दलसंग आवद्ध हुनु हुदैन । राष्ट्रपति बन्नु भन्दा पूर्व कुनै दलसंग आवद्ध भएपनि राष्ट्रपति भएपछि त्यो पाटीमा राष्ट्रपति पदकोे आवद्धता रहन मिल्दैन । राष्ट्रपति अर्थात् त्यो संस्था विवाद रहित हुनुपर्छ र सवैको आस्थाको केन्द्र भइरहनु पर्छ । यी दुइ कुरा बचाउन राष्ट्रपति गम्भीर र सचेत रहनुपर्छ । यही कुरामा अहिले संस्था चुकेको देखिन्छ ।

    अहिले नेपालमा दुइ तिहाइको कम्युनिस्ट सरकार छ र यो सरकार निर्माण भएदेखि अधिनायकवाद र सर्वसत्तावादको आरोप लागिरहेको छ । राष्ट्रपतिबाट समेत यो दुइ तिहाइ कम्युनिस्ट सरकारलाई ‘मेरो सरकार’ को सम्बोधनले अधिनायकवाद र सर्वसत्तावादको अर्को खुडकिलो टेकेंको संकेतको रुपमा अन्य राजनीतिक दल र राजनीतिक विश्लेषकहरुले लिएका छन ।

    अहिले राष्ट्रपति को ‘मेरो सरकार’ को सम्बोधनले मानिसहरु र राजनीतिज्ञहरुले पूर्व राजशाहीको पालामा राजाहरुबाट भएको सम्बोधनलाई सम्झेका छन । राजशाहीको पालामा राजाले नै प्रधानमन्त्री नियुक्त गर्थे र वर्खास्त गर्थे । प्रतिनिंधिसभा नाम मात्रै को रहन्थ्यो मन्त्रिमण्डल के सम्पूर्ण कमाण्ड राजामा रहन्थ्यो त्यो परिस्थितिमा राजाले मेरो सरकार भन्नु अन्यथा थिएन ।

    यही कुराको जनतामा र राजनीतिक क्षेत्रमा राष्टपतिबाट भएको ‘मेरो सरकार’ शब्दप्रति शंका उत्पन्न भएको हो । राष्टपति पूर्व राजाको जस्तो अवस्थामा छैनन र त्यस्तो एकाधिकार पनि राष्ट्पतिमा निहित छैन । परन्तु यही सम्बोधन प्रधानमन्त्रीबाट आउदा स्वाभाविक र सहज रुपमा लिन सकिन्थ्यो । राजशाहीको अन्त्य र गणतन्त्रपछि प्रधानमन्त्रीबाट यस्तो सम्बोधन आउदा नेपाली जनताले सहजरुपमा अनुभव गर्दथे ।

    अर्को कुरा नेपालमा सरकार परिवर्तन भइरहन्छ ,कहिले काग्रेसको नेतृत्वमा , कहिले माओवादीको नेतृत्वमा कहिले नेकपा एमाले त अहिले नेकपाको नेतृत्वमा छ । राष्ट्रपतिको कुनै सरकार हुदैन राष्ट्रपति सरकार विशेषमा जोडिनु हुदैन , राष्टपति सरकारको अंग मानिए पनि सरकार भन्दा माथी हुन्छ तर सरकार हुदैन । यो भन्दा पूर्वका राष्ट्रपतिबाट यसरी सम्बोधन आएको थिएन यस्तो लोभ यस्तो मोह पूर्वका राष्ट्रपतिले राखेनन् ।

    भारतको उदाहरण पनि दिन थालिएको छ । तर भारतमा व्रिटिस शासन विरुध्द स्वतन्त्र भारतको आन्दोलनबाट स्थापित गणतन्त्रमा यसरी सम्बोधन आउदा त्याहाका जनताले आफुनै सरकारमा भएको जस्तो गौरव महशुस गर्थे । त्यहाको गणतन्त्रको आगमन पृष्ठभूमी र नेपालको गणतन्त्र आगमनको पृष्ठभूमी फÞरक थियो । यसैकारण हाम्रो राष्टपतिबाट आएको त्यो ‘मेरो सरकार’ को सम्बोधन नेपाली जनताले रुचाएनन् ।

    नेपालमा राजशाहीको अधिनायकवाद र सर्वसत्तावाद कै पथमा नेकपा अग्रसर रहेको दोष लागिरहेकै अवस्थामा राष्ट्रपति भण्डारीबाट सरकारकै नेतृत्वशैलीमा ‘मेरो सरकार’ को सम्बोधन आउनु निश्चयनै राम्रो मान्न सकिदैन ,राष्ट्रपति जस्तो गरिमामय संस्थाबाट यसरी सम्बोधन आउनु आश्चर्य मानिएको छ ।

    आश्चर्य यस अर्थमा कि यो भन्दा पूर्व पनि राष्ट्रपति भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ त्यति खेर आफ्नो प्रस्तुतिमा अहिलेको जस्तो ‘मेरो सरकार’ को सम्बोधन भएको थिएन तर अहिले यसरी सम्बोधन आउनुलाई एक दलीय कम्युनिस्ट सरकारको अवधारणाको रुपमा हेरिन थालिएको छ । जुन गम्भीर विषय हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…