• बैशाख २३, विराटनगर । प्रदेश १ सरकारले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गरेसँगै सडक संघर्षमा उत्रिएका त्यहाँका राजनीतिक दल तथ पेशाकर्मीहरुले सोमबार अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।

    नेकपाको प्रदेश १ संसदीय दलको बैठकलले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसको संरचना बृहत् विराट क्षेत्र विकास अन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेपछि त्यहाँका स्थानीयसहित विभिन्न दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका हुन् ।

    प्रदेशका संरचनाहरु पनि विराटनगरमै राख्नुपर्ने उनीहरुको माग छ ।

    अनिश्चितकाली बन्दले त्यहाँको उद्योग, कलकारखाना तथा बजार खुलेका छैनन् भने लामो तथा छोटो दूरीका सवारी पनि सञ्चालनमा ल्याउन दिइएको छैन । यद्यपि, शैक्षिक संस्थाहरु भने खुला गरिएको छ ।

    त्यस्तै आइतबार प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा धरानबासीले बृहत् प्रदर्शन गरेका थिए ।

    धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् । उनीहरूलेप्रदर्शन गरिरहेको छन् ।

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…