• विराटनगर, । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रीना बस्नेतको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका एक र शंकास्पद देखिएका अन्य दुई जनाको पोलिग्राफ जाच गराइएको हो ।

    वैशाख ७ गते शनिबार डेराअगाडि मृत अवस्थामा फेला परेकी रीनाको हत्या भएको आशंकामा प्रहरीले उनका प्रेमी कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएस्पी घनश्याम श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार तीनजनाको बयानमा शंका लागेपछि पोलिग्राफ जाँच गरिएको हो । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ ।

    प्रहरीले एक साताअघि रीनाका प्रेमी भनिएका कमललाई नियन्त्रणमा लिएको थियो । रीनासँगको सम्बन्धबारे जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमान्लाई जुत्ताको माला र कालोमोसो दलेर पथरी घुमाउने बताएकी कमलकी श्रीमती मनिताको समेत पोलिग्राफ जाँच गरिएको बताइएको छ ।

    मदन भने मृतक रीना बस्दै आएको वीरबहादुर बस्नेतको घरकै तेस्रो तल्लामा बस्ने गर्थे । तीन जनाको पोलिग्राफ जाँच, ३६ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरीले हत्या नभई दुर्घटनाका कारण रीनाको मृत्यु भएको बताउँदै आएको छ ।

    पोष्टमार्टम रिपोर्टले पनि माथिबाट झर्दा लागेको चोटका कारण मृत्यु भएको देखाएपछि प्रहरीले तेस्रो तल्लाको रेलिङबाट कसैले ठेलिदिएको हुनसक्ने आशंकामा अनुसन्धान गर्दै आएको थियो । तर घटना भएको रात सो घरमा कोही ब्यक्ति पुगेको भरपर्दो प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी श्रेष्ठले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…