• अनिस तामाङ/युएई

    रातोकलम अनलाइन,

    हिमालय एयरलाइन्सले आफ्नो ग्राहकहरुलाई आउद/जाँदा अबुधाबी एयरपोर्ट देखि दुबई सम्म बसको सुविधा सुरु गरेका छन् । नेपाल जाने/आउने आफ्ना ग्राहकहरुको सेवा सुविधाको मध्यनजर गर्दै बरदुबई स्थिति सिटी सेन्टर पछाडिको फ्रि पार्किङबाट अबुधाबी एयरपोर्ट सम्म बसको व्यवस्था गरेको हो ।

    नेपालबाट बेलुका ८:४५ मा उडेको जहाज अबुधाबी एयरपोर्टमा बेलुका ११:४५ बजे अवतरण गर्नेछ, उक्त जहाजको यात्रुहरुका लागि व्यवस्था गरेको बस १ बजे अबुधाबी एयरपोर्टबाट दुबई छुट्नेछ ।

    त्यसैगरि अबुधाबी एयरपोर्टबाट विहान १:४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रुहरुलाई वर दुबई स्थित सिटि सेन्टर पछाडिको फ्रि पार्किङमा बसको व्यवस्था गरेको छ । उक्त बस त्यहाँबाट ठिक बेलुका ७:४५ बजे अबुधाबी एयरपोर्ट छुट्ने हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसि का सञ्चालक ठाकुर प्रसाद ढुङ्गानाले जानकारी दिएको हो ।

    हिमालय एयरलाइन्सले यो भन्दा पहिले युएईको दुबईबाट पनि उडान भरिरहेको थियो तर केही प्राविधिक कारनले दुबईबाट केही समयका लागि उडान भरेको छैन । । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…