• बैशाख २३, विराटनगर । अन्ततः सम्पूर्ण संरचनाहरु सहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै हुने भएको छ ।

    विराटनगरमा आन्दोलनरत् पक्ष र प्रदेश सरकारबीच सोमबार विराटनगर रोड शेष चोक स्थित बिग होटलमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिका लगायतका सम्पूर्ण संरचनाहरुसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएको छ ।

    सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिबद्धता जनाएसँगै आन्दोलन फिर्ता भएको छ ।

    वार्तामा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिबद्धतापछि आन्दोलन स्वरुप गरिएको विराटनगर बन्द सोमबार दिउँसो ४ बजेपछि फिर्ता गर्ने सहमति भएको जानकारी दिए ।

    मुख्यमन्त्री राई र सांसदहरुले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु पनि फिर्ता लिने प्रतिबद्धता जनाएको प्रमुख सचेतक कार्कीले बताए ।

    आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा राख्ने गरी राजधानीको प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा दर्ता गराएको थियो ।

    यसअघि सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश नं. १ को राजधानी विराटनगर राखेपनि विकेन्द्रीत गर्न खोजेको भन्दै विराटनगर महानगरवासी अनिश्चितकालीन बन्दको आह्वान गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही निर्णय अनुसार सोमबार बिहानैदेखि बन्द हड्ताल सहित ठाउँ–ठाउँमा प्रदर्शन गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…