• दमक/मोरंगको उर्लाबारीस्थित नमुना बालगृहका एकदर्जनभन्दा बढि बालबालिकाहरुलाइ फुड पोइजन भएको पाईएको छ । ४ जना सिकिस्त बनेपछि दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना भएकाछन् । अन्य बिरामीहरु भने औषधि खाएर बालगृहमा नै बसेको बताइन्छ ।

    ३ बर्षका प्रेम शेर्पा, ३ बर्षिय आदित्य धिमाल, ५ बर्षिया मनिका सार्की र ८ बर्षका सुवास शेर्पा लाइफलाइन अस्पतालमा भर्ना भएकाछन् । उनिहरुको अवस्था खतरामुक्त रहेको अस्पतालका बालरोग विशेषज्ञ डा. रजनिश मिश्रले बताए । बेड भर्ना गरेर नै उपचार गर्नु पर्ने अवस्था रहेकाले अहिले उनिहरुलाइ बेड भर्ना गरेर उपचार शुरु गरिएको उनले जानकारी दिए ।

    त्यहाँ कार्यरत खगेन्द्र भण्डारी पनि अस्पताल भर्ना भएकाछन् । बालगृहका एक सञ्चालकका अनुसार उनिहरुले दूइदिन अघि खाएको लड्डुका कारण फुड पोइजन भएको हुनसक्छ । आइतवारदेखि नै बालबालिकाहरु बिरामी परेको बताईएको छ । वान्ता हुने, झाडापखाला लाग्ने, ज्वरो आउने जस्ता बालबालिकाहरुमा लक्षण देखिएको थियो ।

    लाइफलाइन अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइका अनुसार बालबालिकाहरुको उपचार अस्पतालले निशुल्क रुपमा गर्दैछ । बालगृहका बालबालिकाहरुको उपचार अस्पतालले पहिलादेखि नै निशुल्क गर्दै आएको समेत उनले जनाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…