• बाहुण्डाँगी । यहि बैशाख २७ र २८ गते नेपाल जेसीजको क्षेत्र ग को क्षेत्रीय सम्मेलन नुवाकोटमा हुँदैछ । नुवाकोट जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको सबै तयारी पुरा भइसकेको छ । स्थापना भएको ५ वर्षको अवधीमा सम्मेलने गर्ने अवसर पाएको नगरकोटका लागि चुनौती पनि उत्तिकै छ । नयाँ शाखा अनि युवा सर्कलको नेतृत्व । आतिथ्यता पाएको नुवाकोटले अहिलेसम्मकै उत्कृष्ट सम्मेलन बनाउने उद्घोषका साथ लागि परेको छ । सम्मेलनका लागि वर्ष २०१७ का अध्यक्ष सुजित भण्डारीलाई सम्मेलन निर्देशकमा चयन गरेको छ । यसै सम्मेलनको सेरोफेरोमा रहेर सम्मेलन निर्देशक सुजित भण्डारीसँग गरिएको कुराकानी प्रस्तुत छ ।

    सम्मेलनको तयारी कहाँ पुग्यो ?
    नेपाल जेसिज क्षेत्र ग सम्मेलन जुन नुवाकोट जेसिजले आतिथ्यता गर्दै छ । हामी तयारीको अन्तिम चरणमा पुगेका छौँ । सम्मेलनमा सहभागी हुन आउने जेसीज शाखा अध्यक्ष तथा सदस्यहरुलाई स्वागतको लागि नुवाकोट जेसीज तयारी अवस्थामा बसेको छ ।

    क्षेत्र ग सम्मेलन गर्न कत्तिको चुनौती छ ?
    चुनौतीहरु त धेरै छन् । तर ति सबै हाम्रा लागी अबसर हुन् । नुवाकोटमा एकै पटक सयाँै युवा ब्यबसयाी आईपुग्ने छन् । होला सम्मेलनको बिषयमा तयारी गर्न अनी ब्यबस्थापनको पाटो जटिल छ । तर यहि सम्मेलनबाट नुवाकोटले ठुलो फार्यदा लिन सक्छ । त्यो नै नुवाकोट जेसिजको सफलता हो । सम्मेलन नुवाकोटमा भैरहदा ठुलो संख्यामा आउने नागरिकहरुबाट नुवाकोटको अर्थतन्त्रमा प्रभाब पार्छ । अनी सम्मेलनको बाहानामा आर्यपुगेका नागरिकहरु केहि दिन नुवाकोटमै टोलाउन थाल्छन् । त्यसले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्छ । । हामी सँग प्रसस्त पर्यटकिय स्थलहरु छन् । जसको प्रचार प्रसारमा समेत सहयोग पुग्छ । नुवाकोट आईपुगेका नागरिकह्रु एक पटक नुवाकोटको एतिहाँसिक साततले दरबार, भैरबि मन्दिर, जालपादेबि मन्दिर, डि सिल्ड ट्याङिक लगायतका स्थानहरुमा पक्कै पुग्ने छन् । जसले आन्तरिक पर्यटन प्रबद्धनमा सहयोग पुग्ने बिस्वास लिएका छन् ।

    नुवाकोटले आतिथ्यता गरेको सम्मेलनमा के फरक पाईन्छ ?
    पक्कै पनी यो क्षेत्रमा भएको सम्मेलन मध्य उत्कृष्ट बनाउन भरमजदुर प्रयास गरेका छनैँ । हामि बिधिको शासनको कुरा गछौँ तर हामिले नै बिधि बिपरितका कार्यहरु गर्दै आएका थियौँ । तर यस बर्ष त्यो हुँदैन २८ गते बेलुकाबाट सहभागी सबैले भन्ने छन कि सम्मेलन होस त नुवाकोटको जस्तो । हामिले कार्यक्रम हल भित्र अनाबश्यक ब्यानरलाई निस्तेजनै पारेका छोँ । अनाबश्यक झकिझकाउ पनि हटाएका छौँ । सरल तर उत्कृष्ट सम्मेलन बनाउन तर्फ लागेका छौँ । यसले के म्यासेज जान्छ भने झकिझकाउ र भड्किलो हुँदैमा कार्यक्रम राम्रो हुने होईन बिशेष गरि कार्यक्रमको कन्टेन्टमा जानु पर्ने रहेछ भन्ने म्यासेज दिने छ ।

    कत्तिको साथ पाउनु भएको छ अन्य शाखाहरुबाट ?
    यसमा चै बोल्न गा¥है छ । किन भने क्षेत्र ग अन्तर्गत रहेका शाखाहरु अलि जिम्मेवारी पनबाट पन्छिने खोजेको हो की जस्तो लाग्छ । तर यस्ता शाखा केहि केहि मात्रै छन् । हुन त यो रोग क्षेत्र ग मात्रै होईन अन्य क्षेत्रमा र हामी नुवाकोटमा पनि कायम नै छ । यसलाई अब चै चिर्नु पर्छ । सम्मेलन आतिथ्यता गर्ने संस्थाले जुन अपेक्षा गरेको हुन्छ, त्यो नहुने प्रि रजिष्ट्रेसन नहुने अर्को समस्या, अनि सम्मेलनकै दिनमा आउने सहभागीहरुलाई सबै व्यवस्थापन गर्न एकै छिनमा गा¥हो हुन्छ । अनि सहभागीहरुको गुनासो सुन्नु पर्छ । यसलाई चिर्न सबेले प्रि रजिष्ट्रेसन भयो भने न सहभागीको गुनासो आउछ । न आतिथ्य शाखालाई ब्यबस्थापनमा गा¥हो हुन्छ ।

    नुवाकोटको सम्मेलन कस्तो होला त ?
    हो सबैमा यो चासोको बिषय रहेको छ । किन भने नेपाल जेसीजकै इतिहाँसमा स्थापना भएको छोटो समयमा क्षेत्रीय सम्मेलन गर्ने आँट गर्नु, नेपाल जेसीजको इतिहाँसमै सबै भन्दा कम उमेरको सम्मेलन निर्देशक, मुल समारोह समितिमा रहेका सबै जना सदस्यहरु ससाना भाइ बहिनिहरु यी कुराहरुले नुवाकोटको सम्मेलन कस्तो होला भन्ने सबैमा चासो र चिन्ता रहेको छ । तर ढुक्क हुनुस अहिले सम्मकै उत्कृष्ट सम्मेलन नुवाकोटको हुनेछ । सबै डिजिटल प्रबिधिबाट गर्दैछौँ ।
    अनाबश्यक कुराहरु र भड्किलो किसिमका कार्यक्रमहरुलाई हटाएका छौँ । स्वच्छ, सरल र ब्यबस्थित कार्यक्रम नुवाकोटमा सम्पन्न हुनछ ।

    आवास÷सडक र कार्यक्रम हलको अवस्था के छ ?
    सबैको मनमा गुज्रिएको छ यो प्रश्न । नुवाकोट भन्ने बित्तिकै हामी टाढा सम्झिन्छौँ । यो गलत हो । काठमाण्डौबाट यति नजिक छ कि अनि नुवाकोट आउने ३ वटा सडक मार्ग छन् । जुन सडकबाट आए नी २ घण्टा देखि ४ घण्टा भित्र नुवाकोट आइृपुग्छौँ । अनि सहभागीहरुमा नुवाकोटमा बस्नको लागि उपयुक्त होटल छैन भन्ने डर छ । नुवाकोट जिल्लामा हाल हाम्रो सम्मेलन हुन लागेको त्यसको ३ किलोमिटरको दुरीमा झण्डै १ हजार जना सम्म बस्न सक्ने क्षमताका होटलहरु रहेका छन् । अहिले हामीले ४ सय जनाको लागी होटलको ब्यबस्थापन गरि सकेका छौँ । तपाईहरु आएर हेर्नुहोस नुवाकोटमा यस्तो होटल पनि रहेछ नुवाकोटमा भनेर दङग पर्नु हुने छ ।
    अनि कार्यक्रम हल जुन हामीले सम्मेलन गर्दै छौँ, त्यस हलको क्षमता भनेको १ हजार जना भन्दा माथीको हो । पार्किङको लागी १ सय भन्दा बढि सबारी साधन अट्ने क्षमताको खेल मैदान रहेको छ । हरेक दृष्टिकोणबाट हेर्दा पनि नुवाकोटको सम्मेलनलाई खोट लगाउन दिने छैनौँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…