• काठमाडौं । पूर्वी नेपालको ठूलो शहर विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाइएको छ । सो प्रदेशको एकमात्र महानगर रहेको विराटनगरलाई प्रदेशसभाको सोमबारको बैठकले राजधानी बनाउने निर्णय सर्वसम्मत गरेको हो ।

    सत्तारुढ दल नेकपाको प्रस्तावलाई प्रतिपक्षी दल काँग्रेसले समर्थन् दिएपछि सर्वसम्मत राजधानी तोकिएको हो ।

    तर, विराटनगर राजधानी बनाउने विषयमा असन्तुष्ट रहेका ६ जना प्रदेशसभा सदस्यहरु भने बैठकामा नै आएनन् । ९२ मध्ये ८६ जना प्रदेशसभा सदस्यहरु यो महत्वपूर्ण निर्णय गर्दा बैठकमा उपस्थित रहेका थिए ।

    विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो ।

    प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।

    प्रदेशको राजधानी धनकुटा वा धरान हुनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही सांसदहरुले माग गर्दै आएका थिए । अन्ततः उनीहरु पनि विराटनगरलाई राजधानी मान्ने प्रस्तावमा सहमत भएका छन् ।

    यता विराटगरबासीहरुले विराटनगरमै सबै प्रशासनिक संरचनाहरु राख्नुपर्ने माग गर्दै सोमबार विराटनगर बन्दको समेत घोषणा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…