• बाहुण्डाँगी । भद्रपुर जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू टिकाई राख्न विभिन्न प्रकारका शैक्षिक सामाग्री वितरण गरेको छ ।
    स्वास्थ्य, शिक्षा लगायत विभिन्न सामाजिक गतिविधिमा सक्रिय संस्था भद्रपुर जेसीजले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र ओम साइ पाथीभरा हस्पिटलको सहकार्यमा भद्रपुर ९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत दुई जनालाई विद्यार्थीलाई अभिभावकत्व ग्रहण गरेको छ ।

    साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क खेलकुद सामाग्री र लुगा धुने साबुन वितरण गरेको छ । त्यस्तै सोही विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको निःशुल्क दन्त परीक्षण गरेको छ । त्यसै गरी भद्रपुर जेसिजले भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माविमा अध्ययनरत छात्राहरूलाई २ सय ५० थान सेनेटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीहरूको दन्त परीक्षण गरेको छ ।

    माध्यमिक तहमा अध्यानरत छात्रा विद्यार्थीहरू महिनावारी भएको वेला विद्यालय नआउने गरेको पाइएको कारण विद्यार्थीहरू नियमित विद्यालय आउने वातावरण बनाउने उद्देश्यले सेनेटरी प्याड वितरण गरेको बताइएको छ ।

    भद्रपुर जेसिजले विभिन्न दाता, सङ्घसंस्था, व्यापारीहरूबाट सङ्कलित ५ लाख ८० हजार रुपैयाँबाट भद्रपुरका पाँच वटा सामुदायिक विद्यायलहरुमा स्कुल ब्याग विद्यालय पोसाक, खेलकुद सामाग्री क्रमगत रूपमा वितरण गर्दै लैजाने बताए ।

    वष्दष्कजब
    भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्पन्न कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहकी सचिव शकुन्तला पोखरेल ,राष्ट्रसेवक सहकारीका वाशिष्ठ अधिकारी, जीवन ज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चूडामणि मैनाली, समाजसेवी विष्णु सिवाकोटी, विशाल थापा, पुहातु जनज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मन नारायण पौडेल, सहायक प्रअ शिवप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

    भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोखरेलले सञ्चालन तथा उपाध्यक्ष मनोज तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…