•  

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोसाक भएको भन्दै यसको सरंक्षण र प्रवद्र्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोसाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्वमन्त्री तामाङले यस्तो बताएका हुन् ।

    नेपालको राष्ट्रिय झन्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोसाक पनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाइ छ ।

    तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामै सम्बोधन गरेको सुनाउँदै राष्ट्रपतिको उक्त सम्बोधनले नेपालको राष्ट्रियता बोकेको सुनाए । उनले भने, ‘यसका लागि राष्ट्रपतिज्यूलाई धन्यवाद छ ।’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफू २०७० सालमा सांसदमा निर्वाचित हुँदा संसद् बैठकको सुरु दिनदेखि अन्तिम दिनसम्म राष्ट्रिय पोसाकमै उपस्थिति भएको सुनाए ।

    उनले मुलुक यतिबेला अप्ठ्यारोमा रहेको सुनाउँदै पानीजहाज, रेल र सुनको कुरा सुन्दा निन्द्रा नै नलाग्ने अवस्था भइसकेको भन्दै सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै भने,

    ‘विगतका कार्यक्रममा श्री ५ को सरकार लेखिने तथा राजाले मेरो सरकार भन्ने चलन थियो तर अहिले नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेर सम्बोधन गरियो ।’

    रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले रिपोर्टर्स क्लब नेपाल सधैंभरि राष्ट्रिय पोसाकको पक्षमा रहेको सुनाउँदै आगामी दिनमा पनि क्लबले यसलाई बहसका रूपमा जनतासामु लैजाने विश्वास दिलाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…