• काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भोलि बुधबारदेखि ‘राष्ट्रिय जागरण’ अभियान सुरु गर्दैछ। गत निर्वाचनमा नराम्रोसँग पराजित भएपछि कांग्रेस यतिबेला संगठन सुदृढिकरण अभियानमा लागेको छ। आन्तरिक गुट र विवादमा फसेको कांग्रेसको पहिलो चरणको एक महिने जागरण अभिान बुधबारबाट ७७ जिल्लाबाट सुरु हुँदैछ।

    कांग्रेसले संगठन सुदृढिकरणसँगै सरकारका गलत कामको पनि भण्डाफोर गरिने जनाएको छ। महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र हैन कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म जानकारी गरिने भएको छ।

    पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ। कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ।

    कांग्रेसले राष्ट्रिय जागरण अधियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा जनप्रतिनिधिलाई प्रशिक्षण र ‘काँग्रेस मेला’ आयोजना गर्ने भएको छ।
    केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै सो खाका बाहिर ल्याएको हो। मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्बिर, ऐतिहासिक तस्बिर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन्।

    कांग्रेसद्वारा घोषित राष्ट्रिय जागरण कार्यक्रमलाई पूर्णरूपमा सफल पार्न र यसकालागि सहयोग पुग्नेगरी प्रतिष्ठानका कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गर्न लागिएको हो।

    प्रतिष्ठानका अनुसार, संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका काँग्रेसका सांसद्का लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्नेछ।

    सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ।

    यसैगरी, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने गराउने, विदेशस्थित जनसम्पर्क समितिहरूमा आवद्ध व्यक्तिलाई प्रशिक्षणको कार्यक्रम आयोजना गरिने बताइएको छ।

    कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…