• विपीको विचारको बलमा गठन भएको नेपाली कांग्रेस आजको मितिसम्ममा पनि विपीकै विचार धारालाई आफ्नो सिद्धान्त मान्दै आएको छ। विपीको विचारलाई पूर्णरुपमा अंगिकार गर्न नसकेपनि मुलभूत रुपमा विपीकै सिद्धान्त कांग्रेसले अपनाउँदै आएको छ।

    कठोर र विषम राजनीतिक परिस्थितिमा पनि विपीले आफ्नो र राजाको घाँटी जोडिएको छ भनेर नेपालमा राजतन्त्रको सान्र्दभिकता र विशिष्टतको बोध गरेका थिए। विपीको सिद्धान्तलाई अंगीकार गर्दै आएको कांग्रेसले अहिले विपीको मुख्य नीतिलाई भने छोडेको छ।

    नेपाली कांग्रेसले तल्लो तहदेखि माथिल्लो तहसम्म अब बिपीको विचार र सिद्धान्तको सान्दर्भिकताका विषयमा कांग्रेसले नीति सिद्धान्त र विचारलाई अबको युग सुहाउँदो कसरी बनाउने भनेर तल्लो निकायदेखि माथिल्लो निकायसम्म छलफल गराउन जनमत बुझ्न आवश्यक भइसकेको छ।

    कांग्रेसका नेताले जनताको भावना, मर्म र मुलुकको भूगोल सुहाउँदो नीति तय गर्नुपर्छ। ढिलो नगरी कांग्रेसले चीनसँगको परिमार्जित अबको सम्बन्ध, भारतसँगको परिमार्जित र युग सुहाउँदो अबको सम्बन्ध र पश्चिमा मुलुकहरु अमेरिका, रुस र युरोपलगायतका देशसँगको सम्बन्धका विषयमा पनि समीक्षा गर्नुपर्छ।

    यी मुलुकहरसँगको सम्बन्धलाई पञ्चशीलको सिद्धान्त, असंलग्नता सिद्धान्तको आधारमा कायम राख्ने र कति युग सुहाउँदो र अबको नेपाल र नेपाली सुहाँदाउ बैदेशिक सम्बन्ध कायम राख्ने वा विदेश नीति कस्तो कायम गर्ने भन्ने सन्र्दभमा कांग्रेसमा व्यापाक छलफल हुन जरुरी छ।

    कठोर र विषम राजनीतिक परिस्थितिमा पनि विपीले आफ्नो र राजाको घाँटी जोडिएको छ भनेर नेपालमा राजतन्त्रको सान्र्दभिकता र विशिष्टतको बोध गरेका थिए।

    विदेशीहरुले राजनीतिक शक्तिको रुपमा कम्युनिष्टलाई नै पत्याउने र कम्युनिष्टले पनि लोकतान्त्रिक मुलुकमा हामी पनि लोकतान्त्रिक भएर गइरहेका छौं, एक्कासी परिवर्तन हुन सकेनौं, कार्यकर्ता विचलित हुने र भाग्ने डरले त्यसो हुनाले हामीले लोकतानिन्त्रक भएर गइहेका छौं र हाम्रो गन्तव्य लोकतान्त्रिक व्यवस्था नै हो भनेर ढाँट्ने र कम्युनिष्ट मुलुकहरुलाई मुलुकको विसका र समृद्धिको नारामा जनतालाई भुल्याएर कम्युनिष्ट पद्धति वा शासनको अर्को नयाँ प्रयोग गरेको भन्दै कम्युनिष्ट मुलुक र शासकसँगको सामिप्य बढाउने गरेको देखियो ।

    यसरी गोलमटोल र झुट कुराको भुलभुलैया र खोक्रो समृद्धि कुरा गरेर कम्युनिष्टहरुले मुलुकलाई संकटतर्फ लैजाँदै छन्, यो कुरा बुझाउन र बुझ्न कांग्रेसले आवश्यक छ।

    किनभने आफूले नबुझेसम्म अरुलाई बुझाउन सकिँदैन। जतालाई र विश्व समुदायलाई बुझाउन आवश्यक छ। विश्व समुदायलाई बुझाउने आधार बनेको वैदेशिक नीति हो। वैदेशिक नीतिमार्फत विदेशीलाई आकर्षित गर्न र उनीहरुसँग वार्ताको माध्यम बनाउन सकिन्छ।

    यसरी कांग्रेसले अबको भविष्यकालागि कांग्रेसले काम गर्ने हो भने कांग्रेसेको नेतृत्व परिवर्तन आवश्यक छ। चाहे जो कोही होस, यसले चाँहि गर्ला की भनेर जनताले आश गर्ने र गर्न जमर्को गर्ने युवा पुस्ताको कुनै एक नेतालाई नेतृत्वमा राखेर त्यसैमा गोलवद्ध भएर काम गर्न आवश्यक छ।

    कांग्रेसले अब केही राजनीतिक मुद्दालाई पनि पुर्नर्विचार गर्न आवश्यक छ। कांग्रेसले अब राष्ट्रपतिसहितको सांस्कृतिक राजालाई राख्ने एजेण्डालाई आत्मसात गर्नुपर्छ। मुस्लिम मुलुकले पनि राष्ट्रपति, प्रधानमन्त्री हुँदा हुँदै धार्मिक नेतालाई सर्वोच्च नेताको रुपमा राख्ने गरेका छन्। धार्मिक नेताले राजा सरहकै जिम्मेवारी र भूमिका निर्वाह गरेका छन्।

    यसरी विश्वका केही मुलुकहरुको राजनीतिक व्यवस्था अध्ययन गर्ने हो भने नेपालमा पनि राष्ट्रपतिसहितको सांस्कृतिक राजा राख्न सकिन्छ। अर्को विकल्प भनेको कार्यकारी प्रधानमन्त्री र अधिकारविहीन सांस्कृतिक राजा बनाउने र विश्व समुदायलाई नेपालको पहिचान सुनाउँदा सगरमाथा, लुम्बिनी, सांस्कृतिक राजा र हिन्दु सापेक्षा राज्य बनाउने कुरामा कांग्रेस डराउनुपर्ने कुनै कारण छैन।

     

    कांग्रेसका एक नेताले कुनै एक समयमा लिएको नीतिले सधैं कांग्रेस त्यसैमा डोरिइएर हिँड्नुपर्छ भन्ने होइन । कांग्रेसले आफूलाई धेरै कुरामा परिवर्तन गर्न सक्नुपर्छ । अर्काको कुरा सुन्ने तर आफ्नो हिसावले आफ्नो नीति बनाउने कुरामा अब ढिला गर्नु हुँदैन।

    कांग्रेसले अहिलको एजेण्डा छोड्दा आफ्नो ठाउँ अरुले नै पो लिने हुन् कि भन्ने डर मान्न आवश्यक पनि छैन। मुलुकका सबै तप्काका जनता, सबै जातिजाति भेषभुषा सबै वर्गलाई समेटेर सबैको हित हुने गरी नजिकैका छिमेकीसँगको सम्बन्धलाई परिमार्जन गरी अन्तर्राष्ट्रिय दाता राष्ट्रलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्छ।

    संगठित र एकताबट कांग्रेसले आफूलाई बैकल्पिक शक्तिको रुपमा र आगामी पाँच वर्षपछि सरकारको नेतृत्व गर्ने अवस्था सम्म पुर्याउन विगतका नीतिमा परिमार्जन सहित अगाडि बढ्नुको विकल्प छैन।

     

    लेखक : जगदीश दाहाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…