• अनिस तामाङ,युएई

    रातोकलम अनलाइन।

    बैशाख-२४

    नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाउने तयारी सुरु भएको छ ।

    महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासंघकै महासचिव सनिल घिसिङको संयोजकत्वमा कार्यक्रमका लागि समिति गठन गरेको छ ।

    महासंघ र महासंघ अन्तरगतका ११ ओटा जातिय संघसंस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाज आयोजक रहेका छन।

    यहीँ आउदो जुन १४ तारिखको दिन युएईको विकसित शहर देरा दुबई स्थित कार्ल्टन टावर होटलको हलमा हुन लागेको उक्त कार्यक्रम औपचारिक ढंगले लामागुरुबाट पुजापाठ, बुद्ध दर्शनबारे प्रवचन, वृत्तचित्रहरु प्रस्तुत गर्नुको साथै नेपाल आदिबासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरु र विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो सांगीतिक प्रस्तुतिहरु दिनेछन् ।

    इ.पु. ५६३ वैशाख पुर्णिामामा शाक्य साम्राज्यको महाराज शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा शालको वृक्षमुनि जन्मेका महामानव गौतम बुद्धलाई भारतमा जन्मेको भनि विश्व सामु फैलाएको गलत प्रचारप्रसारलाई प्रवासमा पनि यसरी बुद्ध जयन्ती धुमधाम संग मनाउद अन्तराष्ट्रिय स्तरमा समेत केही हदसम्म भ्रम चिर्ने आयोजकको दाबी रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…