•  

    काठमाडौँ- गुरुङ चलचित्रका महानायक तथा वरिष्ठ संस्कृतिकर्मी तारा बहादुर गुरुङले ‘दरौ सिरुबारी…’को अपार सफलता संगै नेपाली गित सङीतमा नौलो प्रस्तुती मौलिक सालैजो ‘चरीले बिउ खायो…’ सार्बजनिक गरेका छन् ।

    गुरुङले केही नेपाली चलचित्र, नेपाली सिरियल, दर्जनौ म्युजिक भिडियो, केही रास्ट्रभक्तिका गितहरु र दर्जनौ गुरुङ चलचित्रमा आफ्नो कला पोखिसकेका छन् ।

    गुरुङ बिगत ३ दशक देखि नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न बिदेशी बिलासिताको मोह त्यागी नेपाली माटोको टीका लगाई आफ्नै मातृभुमीमा रगत पसिना बगाई दर्जनौं कलाकार उत्पादन गरेर युरोप तथा एसियाका करिब १५ देशहरुमा नेपाली मौलिक संस्कृतिलाई प्रचार प्रसार गरि नेपालमा नै फर्केर नेपाली भेषभुसाको जगेर्ना गर्ने हेतुले करिब ३ करोड भन्दा बढी लागत पर्ने सम्पुर्ण नेपाली जातजातीका पोशाकहरुको संरक्षण गर्न लालीगुरास पोशाक केन्द्र नामको संग्राहलय स्थापना समेत गरेका छन् ।

    गीतमा चर्चित गायक तथा सर्जक राम चन्द्र ढकाल र गायिका सर्मिला गुरुङको आबाज रहेको छ । राम चन्द्र ढकालले नै लय शब्द गरेका हुन् । भिडियोमा मोडल निशान एस के, तारा बहादुर गुरुङ र पुर्णिमा लामाको दमदार नृत्य रहेको छ । गीतले पश्चिम नेपालका विभिन्न ठाउँ र बिशेष गरि स्याङ्जाका विभिन्न ठाउँहरुलाई समेटेको पाइन्छ ।

    चर्चित निर्देशक निशान एस केले निर्देशन गरेका हुन् । कोरियोग्राफर शुबास राइले गरेका हुन् भने छायाँकन दिकप गिरिले गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

    अत्यन्त सरल स्वभाव तथा साझा जीवन उच्च बिचारका धनी तारा बहादुर गुरुङको पछिलो प्रस्तुती गुरुङ संस्कृतिको कोशेली मौलिक सालैजो’चरीले बिउ खायो…’ लाई पनि पहिला जस्तै दर्सक श्रोताले मायाँ गरिदिनु हुनेछ भन्नेमा उनि ढुक्क छन् । पछिल्लो समयमा ब्यापक चर्चामा आएको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा उक्त भिडियो तयार गरिएको हो ।

    https://www.youtube.com/watch?v=WBY05UDNJ4Y

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…