• काठमाडौं। सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन्।

    मंगलबार काठमाडौंमा आयोजित ‘नागरिकता विधेयकः समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा विदेशी नागरिकले नागरिकता लिएको पाइएको उल्लेख गर्दै त्यसको छानवीन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरे।

    सांसद बिडारीले नेपाली नागरिकले विवाह गरेका विदेशी महिलालाई हतारमा नागरिकता नदिने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिए। नागरिकताको विषय मुलुकको राष्ट्रियतासँग जोडिएकाले यसलाई जथाभावी वितरण गर्न नहुने उनको भनाइ छ।

    सत्तारुढ नेकपाकै प्रतिनिधिसभाका सांसद झपड रावलले अंगीकृत नागरिकका सन्तानलाई सात पुस्तापछि मात्रै वंशजको आधारमा नागरिकता लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए। उनले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई नेपालमा बसोबास गरेको १० वर्ष पछिमात्रै नागरिकता दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

    कार्यक्रममा बोल्दै पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले नेपालमा नागरिकता वितरणको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाउन सरकारलाई सुझाव दिए। उनले नागरिकता नागरिकले लिने भएकाले यसलाई महिला र मधेशीसँग जोडेर हेर्न नहुने बताए।

    पूर्व महान्यायाधिवक्ता संग्रौलाले नेपालको राष्ट्रियता खतरामा पर्ने भएकाले पनि नागरिकता वितरणको कामलाई कडा निगरानीका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…