• वैशाख २५, काठमाडौं । इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइलनमा प्रवेश गरेको छ । मंगलबार राति सेमीफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई स्तब्ध बनाउदै लिभरपुलले फाइलनको यात्रा तय गरेको हो। पहिलो लेगमा बार्सिलोनासँग ३–० ले पराजित भएको लिभरपुल दोस्रो लेगमा बार्सिलोनामाथि ४–० बो जित निकाल्दै समग्रमा ४–३ को जितसहित फाइनल प्रवेश गरेको हो।

    बार्सिलोनाको घरेलु मैदानमा निरीह बनेको लिभरपुलले आफ्नो घरेलु मैदानमा नाटकीय पुनरागमन गरी बार्सिलोनालाई निराश बनायो। चोटका कारण स्टार खेलाडीहरु मोहम्मद सालह र रोबर्टो फिरमिनो मैदानमा नहुँदा पनि बार्सिलोनाले लिभरपुललाई रोक्न सकेन।

    लिभरपुलको जितका लागि डिभोक ओरिजी र जर्जिनिओ वाइनाल्डमले २–२ गोल गरे। ओरिजीले खेलको सातौं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मैदान छिरेका वाइनाल्डमले ५४ औं र ५६ औं मिनेटमा गोल गरे। ओरिजीले ७९औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे। लिभरपुलभन्दा धेरै समय बल आफ्नो कब्जामा राखेको भए पनि गोल गर्न नसक्दा बार्सिलोना स्तब्ध बन्यो।

    पहिलो लिगमा ३–० ले जित निकाली सकेपछि बार्सिलोनाले फाइनल यात्रा सहज बनाएको थियो। स्टार खेलाडीले भरिपूर्ण बार्सिलोनामाथि लिभरपुलले यति ठूलो अन्तरको जित निकाली पुनरागमन गर्ने अनुमान गर्न कठीन थियो।

    २०१५ पछि च्याम्पियन लिगको उपाधि जित्न नसकेको बार्सिलानाका लागि उपाधि जित्ने मौका यस पटक पनि गुम्यो। सेमीफाइलनको अर्को खेलमा इङ्लिस क्लब टोटनह्याम र डच क्लब आजाक्सबीच दोस्रो लेगको खेल बुधबार राति हुँदैछ। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…