• बाहुण्डाँगी, २५ बैशाख । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनिकरण’ सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
    मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत तेस्रो दिन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मेची जनसाधारण मावि मेचीनगर २ मा सम्पन्न भएको हो ।
    साबिकको बाहुण्डाँगी स्रोत केन्द्रका सामुदायिक र नीजि विद्यालय अन्तर्गत आधारभूत र मावि तहका ७० जना विद्यार्थीहरुको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण अपराध सम्बन्धी प्रहरी निरिक्षक सुलिन धाँजु, लागु औषध सम्बन्धी प्रहरी नावय निरिक्षक किशोर श्रेष्ठ र प्रहरी सहायक निरिक्षक लेखराम बस्नेत तथा ट्रार्फिक नियम सम्बन्धी प्रहरी नायव निरिक्षक कालीदास रेगमीले गर्नु भएको थियो ।
    बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको अध्यक्षता तथा मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि शाखाका पूर्व अध्यक्ष बद्री निरौला, निवर्तमान अध्यक्ष जीवन मोते, प्रहरी निरिक्षक सुनिल धाँजु, मेची जनसाधारण माविका शिक्षक यामप्रसाद गुरगाई, सहभागि विद्यार्थी रोज बुढाथोकीले बोल्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष तामाङ र मेची जनसाधारण माविलाई मायाको चिना प्रदान गरिएको थियो भने प्रशिक्षकहरु सुनिल धाँजु, किशोर श्रेष्ठ, कालीदास रेग्मी र लेखराम बस्नेतलाई सम्मान गरिएको थियो ।
    कार्यक्रम संयोजक हेमन्त मोक्तानले स्वागत गर्नु भएको कार्यक्रमको आस्थापाठ सदस्य रजत भण्डारी र सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।
    तालिम अन्तर्गत जेठ ४ गते बाहुण्डाँगीका क्रियाशील सामाजिक संघ संस्थाका प्रमुखहरुका लागि नेतृत्व विकास सम्बन्धी प्रशिक्षण रहेको छ । तालिमको समापन जेठ १७ गते मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगितासहित समापन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…