• काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको इलिमिनेटर राउण्डमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दै छन् ।

    आईपीएल इतिहासमा दिल्लीलाई यो मौका ६ सिजनपछि मिलेको छ । दिल्लीले अन्तिमपटक सन् २०१२को आइपीएलमा प्लेअफको यात्रा तय गरेको थियो । त्यसकारण दिल्ली यस अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्न चाहन्छ ।

     

    एलिमिनेटर खेलमा जितछ हासिल गर्ने टिम सिधै फाइनलमा पुग्ने छैन । फइनलमा पुग्नका लागि उसले क्वालिफायर्स-२ मा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सिपर किङ्गसंग प्रतिस्पर्धा गर्नु पर्नेछ । मंगलवार क्वालिफायर-१ मा मुम्बई इन्डियन्सले चेन्नईलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

    मुम्बई र चेन्नईसंग समान अंक हुँदा पनि रनरेटका आधारमा दिल्ली तेस्रो स्थानमा रहेको थियो । दिल्लीले अहिलेसम्म खेलेका १४ खेलमा ९ जित हात पारेको छ भने हैदरावादले समान खेलमा ६ खेलमात्रै जितेको छ ।

    खेल विशाखापटनममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

    सन्दीपको पर्लान अन्तिम ११ मा ?

    दिल्ली र हैदरावादको भिडन्तअघि नेपाली क्रिकेट समर्थकहरुको ध्यान भने सन्दीप लामिछानेले मौका पाउँछन् कि पाउँदैनन् भन्नेमा छ । कमजोर प्रदर्शनका कारण सन्दीप पछिल्ला दुई खेलमा बेन्चमा राखिएका छन् ।

    अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा महंगो बलिङ गरे र कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।

    आज खेलिने मैदान सामान्यतः ब्याटिङमैत्री मानिन्छ । तर, स्पिनरलाई फाइदा पुग्ने भएकाले सन्दीपले मौका पाउने सम्भावना पनि रहेको छ । आइपीएलमो चार जना विदेशी खेलाडीमात्रै मैदान उतार्न पाइने भएकाले टिममा पर्न सन्दीपले क्रिस मोरिस, किमो पउल र सेरफान रथरफोर्डजस्ता खेलाडीसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

    दिल्लीका भरपर्दा र जारी संस्करणमा सबैभन्दा बढी विकेट लिएका दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडा बाहिरिएकाले उनको स्थानमा ट्रेन्ट बोल्ट आउने निश्चित जस्तै छ । यस्तै कोलिन इन्ग्राम पनि टिममा निरन्तर खेलिरहेका छन् ।

    बाँकी रहेका दुई स्थानका लागि ५ जनाले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसक्नु र अन्य खेलाडीको प्रदर्शनले पनि सन्दीपलाई टिममा पर्न गाह्रो पर्ने पक्का छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…