• दिनेश खड्का 

    वैशाख २५, मोरङ । गत बैशाख ७ गते शनिवार विहान आफ्नै डेरा अगाडीको मृत अवस्थामा भेटिएकी मोरङकी रीना वस्नेतको मृत्यु प्रकरणको छानविन गर्ने क्रममा प्रहरीले शङकास्पद ३ जनाको पोलिग्राफ जाच गराएको छ । रीनाका पे्रमी कमल, श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक वयानमा फरक परेपछि उनिहरुको प्रहरीले पोलिग्राफ जाँच गरेको हो । प्रहरीले डेराअगाडी मृत अवस्थामा फेला परेकी रीनाको हत्या भएको आशंकामा उनका प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गराएको हो । तीनजनाको बयानमा शंका लागेपछि पोलिग्राफ जाँच गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ ।

    प्रहरीले घटना भएको केही दिन पछि रीनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । उनि अझै पनि प्रहरी हिरासतमा रहेका छन् । रीनासँगको सम्बन्धबारे जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमानलाई जुत्ताको माला र मोसो दलेर पथरी घुमाउने धम्की दिएकी कमलकी श्रीमती मनिताको समेत पोलिग्राफ जाँच गरिएको बताइएको छ । मदन भने आफ्नो परिवारको साथमा मृतक रीना बस्दै आएको फल्याटको पुर्व पट्टिको भागमा वस्दै आएका थिए । यसरी तीन जनाको पोलिग्राफ जाँच, ३७ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरीले हत्या नभई दुर्घटनाका कारण रीनाको मृत्यु भएको बताउँदै आएको छ ।

    उसो त छाति भित्र रगत जमेको र मादक पदार्थ सेवन गरेको पोष्टमार्टम रिर्पोटले देखाएको छ । सोही घातक चोटका कारण उनको मृत्यु भएको हुन भएपनि उनको मृत्युको भरपर्दो प्रमाण भने भेटि नसकेको प्रहरीको भनाइ छ । घटना भएको रात उनले प्रयोग गर्ने मोवाईलमा भएको फोनको डिटेल, सामाजीक सञ्जालका म्यासेन्जरहरु जाँच गर्दा उनीसग कसैको वार्ता नभएको भेटिएको र सो रात घरमा कोही ब्यक्ति पुगेको भरपर्दो प्रमाण हालसम्म प्रहरीले फेला नपारेको मोरङ प्रहरी ले जनाएको छ । तर स्थानीय र व्यापारी भने रिनाको मृत्यु ३ तला वाट झरेर भएको स्विाकार्ने पक्षमा भने देखिएका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…