• काँकरभिट्टा । मेचीनगर बाल सञ्जालले किरण दर्जीको न्यायका लागि आज काँकरभिट्टामा बृहत दवाव ¥याली आयोजना गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । नगर क्षेत्रका ८ वटा नीजि विधालयका विधार्थी सहभागी भएको ¥यालीमा न्यायको नारा घन्काएका थिए ।

    गत बैशाख २ गते गैर कानुनी रुपमा हिरासतमा राखिएका नावालक किरणको रहस्यमय मृत्यू भएको भन्दै विधार्थीले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । सयौं विधार्थी सहभागी भएको ¥यालीमा ‘सरकार तिमि कहाँ छौं’ बालक यहाँ पीडित छन्, भन्दै विधार्थीले नारावाजी गरेका थिए । बाल अधिकार सुरक्षित गर, बालमैत्री हिरासत कायम गर भन्दै सहभागी विधार्थीले न्यायका लागि पूर्वबाट आवाज उठाएको बताएका थिए । विधार्थीको ¥यालीले काँकरभिट्टा परिक्रमा गरेको थियो । परिक्रममा पछि आयोजित कोणसभामा बोल्दै बाल अधिकार अभियान्ता मणिकुमार लिम्बूले बालबालिकाको घटनामा संवेदनशील हुनुपर्ने बताए । उनले राज्य पक्षले बालअधिकारको वेवास्था गर्दै न्यायको लागि पहल नगरेको आरोप लगाए । हिरासतमा भएको घटना रहस्यमय भएकोले निष्पक्ष छानविन गरेर कारवाहीको माग गरेका छन् । यस्तै पत्रकार प्रदीप परियारले हिरासतमा भएको घटनाको जिम्मेवारी प्रहरीले लिनुपर्ने बताएका छन् । उनले हिरासतमा डिउटी बसेका प्रहरी र प्रमुखको कारवाहीको माग गरेका छन् । उनले राजनीतिक दलका कारण किरणले न्याय पाउन नसकिरहेको बताए । किरण दर्जीको मृत्यूमा लापरवाही गरिरहेको राज्य संयन्त्रलाई बाँकी किरणहरु जीवित रहेको भन्दै जानकारी दिदैं उनले घटनालाई ख्यालठट्टा नगर्न आग्रह गरे । न्यायका लागि काँकरभिट्टाबाट शुरु भएको अभियान जिल्लाव्यापी बनाउनु पर्ने परियारको भनाई छ । बाल सञ्जालका अध्यक्ष निशान चाम्लिङ राईले प्रहरीले न्याय माग्न समेत अवरोध गरेको बताएका छन् । प्रहरीले कार्यक्रम नगर्न दवाव दिएको बताउँदै उनले किरणको न्याका लागि आवाज उठाउन कसैले रोक्न नसक्ने बताए । न्यायका लागि अभियान शुरुआत मात्र भएको बताउँदै उनले न्याय नपाए व्यापक आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेचीनगर–६ निवासी दर्जीको हत्या गरेको आरोप छ । प्रहरीले भने झुण्डिएर आत्महत्या गरेको दावी गर्दै आएका छन् । उनको न्यायका लागि राजनीतिक दल र दलित अधिकारकर्मी मौन बसेका छन् । इजालस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…