• वैशाख २६, काठमाडौं । स्थानीय, प्रदेश र केन्द्र तीनै तहको चुनावमा नराम्रो पराजय भोगे संगै इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेस पुरानो साख जोगाउन प्रयासरत छ । प्राय सधैरभरी राष्ट्रिय राजनीतिको नेतृत्व गरिरहेको कांग्रेस निर्वाचन पछि प्रतिपक्षको भुमिकामा समेत कमजोर अवस्थामा पुगेको छ ।

    आन्तरीक रुपमा गुट उपगुटमा विभाजित कांग्रेसको विधान अनुसारका संगठन समेत चलायमान हुन सकेको छैन । भातृ तथा सुभेच्छुक संघसंस्थाको हालत पनि उस्तै छ ।

    ठुला–ठुला राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस सदनमा प्रमुख प्रतिपक्षको भुमिकामा भएपनि बहुमत प्राप्त कम्युनिष्ट सरकारले कांग्रेसको आवजलाई खासै महत्व दिईरहेको छैन । केन्द्र देखि गाउँतह सम्मै आफ्नो गुमेको साख जोगाउन कांग्रेसले वुधवार देखि एकमहिने जागरण अभियान सञ्चालन गरेको छ ।

    प्रथम चरण अन्तर्गत बुधबारबाट शुरु भएको जागरण अभियान एकमहिना सम्म सञ्चालन हुने छ । ७७ वटै जिल्लामा एकसाथ शुरु भएको जागरण अभियानबाट पार्टीको संगठनको सुधार गर्नुका साथै सरकारको गलत
    क्रियाकलापको भण्डाफोर गरिने जनाएको छ ।

    अभियानबाट महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम,
    संशोधित विधानबारे मात्र हैन काग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म सुसूचित गरिने भएको छ । तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पु¥याउने भएको छ ।

    जागरण अभियान अन्तर्गत काठमाडौंले आयोजना गरेको उद्घाटनकार्यक्रममा सभापति शेरवहादुर देउवाले बहुमतको बलमा कम्युनिष्ट सरकार गलत क्रियाकलाप तिर लागेकोले सरकारको भण्डाफोर गर्दै काग्रेसलार्य अझ शसक्त बनाउनु पर्ने बताउनु भएको थियो । सभापति सरकार मात्र हैन सभामुखको भुमिका प्रतिपनि प्रश्न उठाउदै संसदीय ईतिहासमा यति कमजोर र डरपोख सभामुख आफुले नदेखेको आरोप लगाउनुभयो ।

    हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ । कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणको अभियान भदौं २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ ।कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको निर्माण गरिएको छ ।

    देशव्यापी जागरण अभियानको लागि काग्रेसले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरि १२ भाषामा जागरण गित समेत तयार पारेको जनाएको छ । पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काग्रेसले जनाएको छ । नेपाल समाचारपत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…