• भद्रपुर, वैशाख २६ गते ।

    झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिनुभयो । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच दमकमा सार्वजनिक गरिएको हो ।

    जेठ ४ गते दमक, विर्तामोड, लखनपुर, बाहुनडाँगी, तोपगाछी र कनकाईमा गरिने र जेठ ९ गते पृथ्वीनगर संयुक्त र गौरीगञ्ज संयुक्त, जेठ १० गते गौरादह बजार, ११ गते धरमपुर, धुलाबारी, पाडाजँुगीमा गर्ने जनाइएको छ ।

    यसैगरी १३ गते शान्तिनगर, १४ गते हल्दिबारी–२, १५ गते बुट्टाबारी, १६ गते डाँगीबारी, १८ गते जलथल, धनुषा, शिवसतासी, बुधबारे र भद्रपुर, २३ गते अर्जुनधारा र २५ गते सितापुरीमा कार्यक्रम गर्ने तालिका रहेको छ । उक्त उभौली पर्वमा राई विद्यार्थी सङ्घ, राई पत्रकार सङ्घलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका राईहरुले पनि उभौली साकेला पर्व कारागारमै मनाउने भएका छन् । कारागारको कार्यक्रमका लागि जिल्ला उपाध्यक्ष नीरबहादुर राईको संयोजकत्वमा समिति गठन गरिएकोे छ । उहाँले जेठ ९ गते कारागारामा उभौली साकेला कार्यक्रम गर्ने तयारी रहेको बताउनुभयो ।

    वैशाख पूर्णिमाबाट शुरु हुने उभौली साकेलालाई जिल्लाका हरेक स्थानमा भव्य र सभ्यरूपमा सम्पन्न गर्न जिल्ला सचिव केवलराम राईको संयोजकत्वमा सम्पर्क समन्वय उपसमितिसमेत गठन गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…