•  

    काठमाडौं। मुलुकको सबैभन्दा पुरानो पार्टी गत स्थानीय, प्रदेश र केन्द्र तीनै तहको चुनावमा नराम्रो पराजय भोगेसँगै आन्तरिक किचलोमा फस्न पुग्यो। मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको दल आन्तरिक विवादमा फसेर कमजोर बन्दा संसदमासमेत कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्ने गरेको छ।

    मुलुकमा दुई तिहाइको शक्तिशाली सरकार भएपनि संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले शसक्त भूमिका निर्वाह गर्न नगसेको स्वयं कांग्रेस नेताहरुले बताउने गरेका छन्। यतिबेला नेपाली कांग्रेस पुरानो साख जोगाउन प्रयासरत छ। केन्द्रदेखि गाउँतह सम्मै आफ्नो गुमेको साख जोगाउन कांग्रेसले वुधवार देखि एकमहिने जागरण अभियान सञ्चालन गरेको छ ।

    प्रथम चरण अन्तर्गत बुधबारबाट शुरु भएको जागरण अभियान एकमहिना सम्म सञ्चालन हुने छ । ७७ वटै जिल्लामा एकसाथ शुरु भएको जागरण अभियानबाट पार्टीको संगठनको सुधार गर्नुका साथै सरकारको गलत

    क्रियाकलापको भण्डाफोर गरिने जनाएको छ । अभियानबाट महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र हैन काग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म सुसूचित गरिने भएको छ । तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तह सम्म पुर्याउने भएको छ ।

    सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै संगठन सुदृढिकरण गर्नुपर्ने अवस्थामा पुगेको कांग्रेसका केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पुगेपछि कार्यकर्तामा आशाको संचार भएको छ। निर्वाचनमा पराजित भएपछि आन्तरिक गुट र किचलोमा फसेको पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म जागरण अभियान संचालन गरेपछि कार्यकर्तामा उत्साह देखिएको हो।

    एक महिने अभियानका क्रममा कांग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्नेमा आफूलाई केन्द्रित गर्ने देखिएको छ। बुधबार सभापति शेरबहादुर देउवाले सरकारको र सभामुखको चर्को आलोचना गरे।

    हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरण अन्तर्गत एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ। कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ । दोस्रो चरणको अभियान भदौं २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ ।

    तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ ।कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको निर्माण गरिएको छ ।

    देशव्यापी जागरण अभियानको लागि काग्रेसले मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरि १२ भाषामा जागरण गित समेत तयार पारेको जनाएको छ । पहिलो चरणको जागरण अभियान जिल्ला केन्द्रित हुने छ भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र केन्द्रित हुनेछ । तेस्रो चरणको जागरण अभियान भने ७ सय ५३ गाउँ नगर केन्द्रित हुने काग्रेसले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…