• काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको अधिनायकवाद विरुद्ध लड्न तयार रहेको बताए ।

    ‘अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ । २००७ साल, पञ्चायत र राजाविरुद्ध लडेझैँ सत्तारुढ सरकारविरुद्ध लड्न तयार छौँ । जागरण यसैका लागि हो।’

    कार्यक्रममा मंगलबारको संसदको सरकार र विपक्षीबीचको विवादको प्रसंग कोट्याउँदै सभापति देउवाले कृष्णबहादुर महरा इतिहासकै काँतर सभामुख भएको टिप्पणी गरे ।

    ‘हिजो संसदमा देखिहाल्नु भो । संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिलाई सभामुखले नजरअन्दाज गरे’, उनले भने, ‘गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक काँतर सभामुखले सकेनन् ।’

    सभामुख महराले संसदको गरिमा राख्न नसकेको उनको आरोप छ । ‘कम्युनिष्टले विस्तारै जे पायो त्यही बोल्न थालिसके । सदन त विपक्षीको भनिन्थ्यो। तर, सभामुखले गरिमा राख्न सकेनन् ।’

    मंगलबार आर्थिक वर्ष ०७६–०७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसदमा उठेका आक्रोश, कुन्ठा र निम्छरा प्रश्नलाई छोडेर अन्य प्रश्नको जवाफ दिन्छु’ भनेपछि कांग्रेसले संसद अवरोध गरेको थियो । कांग्रेसले सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।

    सभापति देउवाले आफ्नो पार्टीको सो माग अनुसार सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभामुख महराप्रति आक्रोश पनि व्यक्त गरेका हुन् ।

    यद्यपी कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…