• काठमाडौं, २६ बैशाख । दुई तिहाई मतको सरकारको प्रधानमन्त्री बनेपछि केपीशर्मा ओलीमा देखिएको दम्भको पारो बढेको छ ।

    उनको भन्दा बढि दम्भ अहिले उनका हर्ता कर्ता मध्यका दुई सञ्चार सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा र मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालमा बढेको छ ।

    तीन जनाको चरित्र र अभिव्यक्ति हेर्दा मुलुकमा अधिनायकवाद आएको संकेत मिल्छ । अधिनायकवादको प्रसँग प्राय तीनै पात्रले उठाउछन् ।

    बिगतमा एमालेमा रहेका पात्रहरु एदण्ड मातृका यादवलाई माथ दिँदै अराजक बनेका छन् । पात्रहरुलाई चाहेर या नचाहेर मुलुकले खेप्नु पर्ने अवस्था बिडम्वना वाहेक केही होइन ।

    सामाजीक सञ्जालमा हुने बिरोध होस् या पार्टीका सचेत कार्यकर्ताले सुधार्न आलोचनात्मक टिप्पणी गरेपनि उनीहरु सुध्रिदैनन् । बरु आफ्नो बचाउँ गर्न कुतर्कमा अघि सार्छन् ।

    नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर राजाको पालामा जस्तो बोली किन हाल्नु पर्यो भनेर प्रश्न पार्टी भित्र नै भुस झै फैलियो ।

    पार्टीमा बैठक नै बोलाएर यस बिषयमा कसैले पनि टिप्पणी नगर्ने भनेर हुकुमी शैलीमा आचोचना दबाइयो । लोकतान्त्रिक पार्टीमा यसरी आवाजहरु दवाउदै लैजाने प्रवृति नै दम्भको प्रवृति हो ।

    पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला पश्चिम नेपालमा ठूलो बस दुर्घटना भएर धेरै मानिसहरुले ज्यान गुमाए ।

    पूर्व प्रधानमन्त्री एबं पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीले मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु अघि छुद्र गाली गर्दैे अलच्छिना सरकार, यो सरकार आएपछि दुर्घटना मात्रै हुन्छ भने ।

    अहिले उनी प्रधानमन्त्री भएको बेला आफनै होनाहार मन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन हुँदा होस या तराईमा आँधीले ३० बढि मानिसको एकै चिहान बनाएको अवस्था होस, ओलीकै परिभाषा अनुसार यो सरकार अलच्छिना भयो कि भएन ?

    यो दृष्टान्तले प्रधानमन्त्रीको रुपमा ओलीको व्यक्तित्व कस्तो सामाजिक मूल्यलाई टेकेर निर्माण भएको छ भन्ने स्पष्ट हुन्छ । उनका विपक्षीहरु माथि खेदो खन्दा दिने अभिव्यक्ति क्रुर र अमानवीय हुन्छ ।

    जसले आफनै नेतृत्वमा गठन भएको सरकार अनि प्राप्त जनबिश्वास उनकै छुद्र बोलीले स्खलित भएको छ । बरलाई देखाएर पिपल भन्ने र पिपल भन्न बाध्य पारिएका पार्टीका विवेक सून्य कठै कार्यकर्ता बाहेक ओलीको छुद्र वोलीको समर्थक कोही छैनन् ।

    अहिले पार्टीका अर्का अध्यक्षलाई थाहै नदिई राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएर ‘सराकर प्रमुख’ बनाउने प्रवृत्ति देखाउनु ओलीको बिशेषता नै मान्नुपर्छ ।

    आस्था फरक भएकै आधारमा बिमानस्थलबाट उपकुलपतिलाई प्रहरी लगाएर बालुवाटार लाने प्रधानमन्त्रीले एक जना नागरिकसँग कुन स्तरको प्रति सोध साँध्छन् भन्नै परेन ।

    नीति त कार्यक्रममा सम्बोधन गर्दा मेरो सरकार भनेर राष्ट्रपतिले भन्दै गर्दा धेरैलाई गल्तीवस नै यसो भनिएको होला भन्ने अनुमान थियो, तर संसदमा उठेका प्रश्नको उत्तर दिँदा उनले भने गल्तीवस भनिएको हैन । जानी बुझीकन भनिएको हो भनेर दम्भ देखाए । जसले आम नागरिकको सोचाई एकातिर छ तर सरकार त्यसलाई सुनेको नसुनै झै गरेर अड्डी कसिरहन्छ ।

    प्रधानमन्त्री भन्दा कम छैनन सञ्चार मन्त्री गोकुल बास्कोट दुइतिहाइको दम्भ देखाउन । सरकारका बिरुद्ध आएका प्रश्नहरुको उत्तर उखान, टुक्का मिलाएर ओलीकै नक्कल गरेर बोल्न खोज्दा घोडा बनाउन खोज्दा उँट बने जसरी गलत सन्देश समाजमा गइरहेको छ ।

    तर, उनी समाजमा मैले राम्रै बोलेको छु भन्दै ढ्याङ्ग्रो पिट्छन् । राजनीतिक रुपमा ओलीको राजनीति रहँदासम्म मात्र अस्तित्वमा देखिने पूर्वानुमान भएर उनी चर्चामा आउन खोजेको प्रष्ट छ । उनलाई आफ्नो राजनीतिक करिअरका लागि आत्मघाती छ भन्ने मन्त्री महोदयलाई कसैले भनेको छैन होला ।

    प्रवक्ताका रुपमा बास्कोटाको हाउभाउ, बोल्ने शैली र छुद्रता दुई तिहाइकै दम्भको उपजको रुपमा लिने गरिन्छ । लामो समय पत्रकार भएर राजनीतिमा छिरेका बास्कोटाले नेपाल पत्रकार महासंघ लगायका पत्रकारका संस्थाहरुलाई भने छुद्र गाली गर्दै आएका छन् ।

    ओली र बास्कोटा भन्दा कम छैनन्, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल । रिमालले बाँस्कोटा जस्तो देखिने गरी दम्भ देखाउँदैन, भित्रभित्रै खेल्छन् ।

    बेला बेला सामाजिक सन्जालमा आउने उनको प्रतिकृयात्मक जवाफ हेर्दा उनी आफूलाई छोटे राजाकै रुपमा प्रस्तुत गर्छन । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार हुँ भन्ने बिर्सिएर प्रतिपक्षलाई होच्याएर बोल्छन् ।

    पार्टी भित्र ओलीको गुटलाई शक्तिशाली बनाउने प्रमुख सुत्रधार मध्येका एक रिमालले आफनो गुटको बिद्यार्थी संगठनको सामान्य ठिटोलाई बालुवाटार बोलाउँछन भने फरक गुटका केन्द्रीय सदस्य भएपनि बालुवाटारबाटको गेटवाट फर्काइदिन्छन ।

    कतियप महत्वपूर्ण भेटघाटको लागि बिभिन्न संस्थाहरुले समेत समय माग्दा सूचना चुहिने डरले भेट् नै गराउदैनन् भन्ने आरोप समेत लाग्दै आएको छ ।

    नेकपा वृत्तमा लोकप्रिय रहेपनि योगेश भटराई मन्त्री हुन नपाउनु पछिको कारण रिमाल नै हो भन्ने गरिन्छ । निर्वाचित साँसदलाई कुनै मूल्य नदिने चरित्र रिमालमा बिकास भएको छ भन्ने गुनासो नेकपाभित्रै छ, यो अधिनायकवादको भ्रुण हो ।

    पछिल्लो समय प्रधानमन्त्री कार्यालयले योजना आयोगलाई पठाएको पत्र सार्वजनिक गराएको निहुँमा रिमालले कर्मचारीलाई थर्काएको कुरा समेत वाहिर आएको छ । यदि यो सत्य हो भने त्यहाँ रिमालको दुइतिहाईको दम्भ झल्किन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…