• देबु बानियाँ
    बाहुण्डाँगी, २५ बैशाख । शुक्रवारबाट हुन लागेकोे एरिया सी को क्षेत्रीय सम्मेलनको सबै तयारी पुरा भएको छ । तयारी पुरा भएसँगै सम्मेलनमा सहभागि हुन आउने जेसीजहरुको स्वागतमा आतिथ्यता शाखा नुवाकोट जेसीज जुटेको छ ।
    नेपाल जेसीजको आयोजनामा हुने यो सम्मेलन यो वर्षकै पहिलो सम्मेलन हो । सम्मेलनको विदुर नगरपालिका वडा नम्बर २ स्थित बटार कर्वड हलमा शुक्रवार भव्य रुपमा उद्घाटन हुनेछ । सम्मेलनको उद्घाटन पूर्व उर्जा मन्त्री, पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय वर्तमान सहमहामन्त्री प्रकाशशरण महतले गर्नु हुनेछ । सम्मेलनको उद्घाटन डिजिटल रुपमा हुनेछ ।
    एरिया सि मा रहेका ३३ वटा शाखाका करिब ५ सयको सहभागिता रहने सम्मेलनको सबै तयारी पुरा भएको निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकालले बताउनु भयो । ‘तपाईहरुलाई नुवाकोटमा न्यानो स्वागत छ’ कार्यकारीणी उपाध्यक्ष ढकालले भन्नु भयो–‘तपाईहरुको दुई दिनको नुवाकोट बसाई सुखद र आरामदायी रहने विश्वास गरेका छौँ । हामीले कार्यक्रमदेखि खान, बस्नलगायतका क्षेत्रमा जति सक्दो उत्कृष्ट व्यवस्थापन गर्ने जमर्काे गरेका छौँ ।’ सम्मेलनमा नुवाकोट विशेष स्मारिका समेत विमोचन हुनेछ । सम्मेलनका लागि आवश्यक सबै व्यवस्थापन भएको ढकालले बताउनु भयो ।
    यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा अमिश ढकाल, निरुपित उपाध्यक्षहरुमा भोजराज चापागाई, मोहन डाँगी र हरि शर्मा रहनु भएको छ । यसैगरी सम्मेलन निर्देशकमा सुजित भण्डारी रहनु भएको छ । सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलसहित सबै पदाधिकारीहरु सम्मेलन स्थल नुवाकोट पुगिसक्नु भएको छ भने यस क्षेत्रका शाखाका पदाधिकारीहरु समेत आउने क्रम जारी रहेको ढकालले बताउनु भयो । रातोकलम परिवार सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…