• काठमाडौँ। गत जेठ तीन गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गएर गठन भएको नेकपाले एकीकरण भएको ठिक एकवर्षपछि जेठ तीन गते पार्टीका तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुंगोे लगाउने तयारी गरेको छ। जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय सङ्गठन, विभाग, प्रवास लगायत सबैलाई टुंगोे लगाउने तयारी गरेको छ।

    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जानुअघि बुधबार सचिवालयको बैठक बोलाएर एकता प्रक्रिया टुंगो लगाउने विषयमा छलफल गरेका थिए।

    अहिलेसम्म केन्द्रीय समिति, सचिवालय, स्थायी समिति, प्रदेश र जिल्लाको मात्र टुंगोे लागेको छ। केन्द्रीय समितिमा कार्य्विभाजन हुन बाँकी छ भने प्रदेश र जिल्लामा कार्यसमितिको टुंगोे लाग्न बाँकी छ।

    केन्द्रीय कमिटीमा रहेका मध्ये वरिष्ठतालाई पोलिटब्युरो बनाउने मापदण्ड बनाइएको छ तत्कालीन एमालेबाट ६२ जना पोलिटब्युरो सदस्यलाई राख्ने तयारी भइरहेको छ भने २० जना नयाँ राख्ने तयारी गरिएको छ

    जिल्लामा अध्यक्ष र सचिव तथा प्रदेशमा अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, सचिवको मात्र टुंगोे लागेको छ। पोलिटब्युरो गठन गर्न पनि बाँकी छ। यी सबै एकैपटक टुंग्याउने तयारी सचिवालयले गरेको छ। स्थानीय तह र जिल्लाका अधिकांश एकता प्रक्रिया टुंग्याइसकेको छ। कतिपय ठाउँमा शपथग्रहण समेत भइसकेको छ । कतिपय ठाउँमा प्रस्ताव तयार गरेर राखिएको छ भने कतिपय ठाउँमा स्थानीय तहको विवादका कारण जिल्लाको टुंगोे लागेको छैन।

    स्थायी कमिटी सहितको केन्द्रीय कमिटीको बढीमा एक तिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपाको अन्तरिम विधानमा व्यवस्था छ । कुल ४५१ सदस्य भएको केन्द्रीय कमिटीको एक तिहाइ १४७ जना रहेको पोलिटब्युरो गठन हुने बताइएको छ। नेकपा स्रोतकाअनुसार पोलिटब्युरो कमिटीमा तत्कालीन एमालेका तर्फबाट ८१ र तत्कालीन माओवादी केन्द्रका तर्फबाट ६६ जना सदस्य रहनेछन्।

    केन्द्रीय कमिटीमा रहेका मध्ये वरिष्ठतालाई पोलिटब्युरो बनाउने मापदण्ड बनाइएको छ तत्कालीन एमालेबाट ६२ जना पोलिटब्युरो सदस्यलाई राख्ने तयारी भइरहेको छ भने २० जना नयाँ राख्ने तयारी गरिएको छ।

    तत्कालीन माओवादी केन्द्रका ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठताका आधारमा ६६ जना चयन गरिने बताइएको छ । जनयुद्धमा भूमिका खेलेका नेतालाई विशेष प्राथमिकता दिने बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…