• धरानमा जन्मिएकी लक्ष्मी खतिवडाले विसं २०४६ सालमा बाइक चलाउन सिकिन्। त्यति बेला उनी १६ वर्षकी थिइन्। नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेकी लक्ष्मी अहिले पनि आफ्नो रोयल इनफिल्डमा हुइँकिन्छिन्।

    उनी यसरी बुलेटमा हुइँकिन थालेको आठ वर्ष भयो। लक्ष्मी खतिवडालाई बुलेट बाइकको आवाज एकदमै मन पर्छ। बुलेटले दिने भुटुटुटुटु…..आवाजको उनी फ्यान हुन्। उनी आफ्नै भाषामा भन्छिन्, ‘बुलेटको साउन्डले मलाई भित्रभित्रै कुत्कुत्याउँछ।’ अरू बाइकले नदिएको आनन्द उनलाई बुलेटले दिन्छ। बुलेट बाइकले आफूलाई शान र सुरक्षा दुवै दिने उनी बताउँछिन्। ‘अरू बाइकमा बेपत्ता हुइँकिने तन्नेरी पनि बुलेट चढ्ने युवती देखेपछि शान्त हुन्छन्,’ उनले आफ्नो अनुभव साटिन्, ‘सुरुमा मैले बुलेट लिएर हिँड्दा केटाहरूले पनि खासै बुलेट चलाएको देख्दिनथेँ।’

    सुरुमा उनले परिवारलाई थाहै नदिई बाइक सिकिन्। ‘चिनेको एक जना दाइलाई बाइक सिकाउन अनुरोध गरेकी थिएँ,’ उनी विगतमा फर्किइन्, ‘आरएक्स बाइकबाट सिकेको थिएँ। त्यो बेला आरएक्स बुलेटकै मोडलमा आउँथ्यो।’ उनको घरमा कसैको पनि बाइक थिएन। घरमा कोही पाहुना बाइक लिएर आयो भने उनी चाबी चोरेर कुदाइहाल्थिन्। यसो गर्दा उनले धेरै पटक गाली खानुपरेको छ। ‘चलाउन जानेपछि मलाई बाइकको लत बस्यो,’ उनले भनिन्, ‘साथीभाइले पनि ‘तँलाई बाइक असाध्यै सुहाँउछ’ भनेर उचाल्न थाले।’

    पहिला उनी एकदमै फिल्म हेर्थिन्। फिल्ममा आर्मी अफिसर, हिरोहरूले बुुलेट चलाएको देख्थिन्। उनलाई पनि त्यसरी नै हुइँकिन मन लाग्थ्यो। आफू कमाउने भएपछि उनले एभेन्जर बाइक किनिन्। केही वर्ष चलाइन्। एभेन्जर चढे पनि उनको मन भने बुलेटमा बसिसकेको थियो। केही समयपछि उनले बुलेट किनेरै छाडिन्। बुलेट चढ्न थालेपछि उनलाई सबैले हेरेर जिब्रो टोक्थे। ट्राफिक प्रहरीले भन्थे- ‘भाइ, लाइसेन्स देखाउनुस् त !’

    https://www.youtube.com/watch?time_continue=109&v=aBaq2ms7oz8

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…