• बाहुण्डाँगी । रत्ननगर जेसीजले स्थापनाको २० औँ वसन्त पुरा गरेको छ । स्थापना दिवसको अवसर पारेर बुधवार शाखाले २० औँ वार्षिकोत्सव मनाएको छ ।
    वार्षिकोत्सवको अवसरमा शाखाले अहिलेसम्म गरेका कामको समिक्षा, भावी कार्ययोजना र युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा गरिएका कामहरुको प्रभावकारिताको विषयमा अन्तक्रिया समेत गरिएको थियो ।
    नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको आतिथ्यता शाखा समेत रहेको रत्ननगरले महाधिवेशनका तयारीका बारेमा समेत छलफल गरिएको थियो । महाधिवेशनका तयारीका विषयमा समितिका महासचिव निरज श्रेष्ठले अहिलेसम्म भएगरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । शाखाले महाधिवेशन सफल पार्नका लागि विभिन्न योजनाका साथ तीब्र गतिमा काम गरिरहेको छ ।
    नेपाल जेसीजका राष्ट्रिय निरुपित उपाध्यक्ष सिनेटर कमल भण्डारीको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष सुभाष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु, चितवनका जेसीज शाखाका अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…