• करभिट्टा÷ बालबालिकाको क्षमता अभिवृद्धि सम्बन्धि तीन दिवशिय तालिम शुक्रबारबाट काँकरभिट्टामा सुरु भएको छ ।

    नेपाल बहुउद्धेश्सीय सहकारी संस्थाको सभा कक्षमा सुरु तालिमको उद्घाटन मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललित तामाङले गरेका छन् । तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडा अध्यक्ष तामाङ, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी थिङ् तामाङ, महिला नेतृ रचना घिमिरेलगायतले शुभकामना दिए ।

    उद्घाटन कार्यक्रममा बाल जागरण मञ्च नेपालका सल्लाहकार सदस्य अर्जुन राई, काँकरभिट्टा माविस्थित बाल क्लवका संरक्षक शिक्षक तुलसीप्रसाद सापकोटा, गंगा मेमोरियल अङ्ग्रेजी माविका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, अरुणोदय अङ्ग्रेजी माविका शिक्षक मौसम पोखरेललगायतको आतिथ्यता थियो ।

    आइतबार समापन हुने तालिमको पहिलो दिन आयोजक बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूले बाल अधिकार, बाल अधिकारको धारणा र बाल मनोविज्ञान बारे सहजिकरण गरेका मञ्चका कोषाध्यक्ष विष्णु श्रेष्ठले बताए । मेचीनगर ६ नम्बर वडा कार्यालयले समन्वय गरेको तालिममा नाइट चेस क्लवका अनुगमन तथा मूल्याङ्कन अधिकृत गोविन्द न्यौपानेले बालमैत्री स्थानीय शासन बारे सहजिकरण गरे ।

    मञ्चका सदस्य युवराज बजगाईंका अनुसार तालिममा मेचीनगर ६ मा सञ्चालित काँकरभिट्टा मावि, गंगा मेमोरियल अङ्ग्रेजी मावि र अरुणोदय अङ्ग्रेजी माविका कक्षा ७ देखि १० सम्म अध्ययनरत् ४२ जना विद्यार्थी सहभागी छन् ।

    मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष अनिता गुरागाईं र सञ्चालन सदस्य भूमिका सुब्बाले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…