• काठमाडौं । चर्चित रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ ।

    साढे ४ वर्षदेखि मोटर न्यरोन डिजिट नामक रोगबाट ग्रसित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजेतिर उपचारका क्रममा निधन भएको हो ।

    उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।

    उनको स्वास्थ्यमा थप समस्या आएपछि यही बैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो ।

    पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

    उक्त अस्पतालमा निरन्तर उपचार पछि २०७२ साल बैशाखमा नेपाल फर्किएका थिए । विनाशकारी महाभूकम्पपछि उनलाई रोगले थप ग्रस्त बनाएको थियो ।

    उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।

    धरानमा जन्मिएका उनी सुरुमा धरान स्थित बीपी कोइराला मेमोरियल अस्पतालको हाताभित्र रहेको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।

    धरानबाट प्रकाशित पूर्वाञ्चलको चर्चित राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए ।

    त्यसबेला उनने ‘ईमेज पप’ नामक कार्यक्रम संचालन गरेका थिए । त्यसपछि उनले ‘शुभदिन’, ‘विमोचन’, ‘रेकर्ड अफ दि वीक’, इन्साइड स्टोरी’, ‘म्यूजिक एक्सप्रेस’, ‘नौटंकी’लगायतका चर्चित रेडियो कार्यक्रमहरु संचालन गरेका थिए ।

    उनको प्रेरणाबाट नेपाली सांगीतिक क्षेत्रमा थुप्रै प्रतिभाहरुको जन्म भएको छ ।

    एफएम रेडियोहरुको स्थापनापछि सफल र चर्चित टप फाइफ आरजेहरुमध्ये सुरजको नाम अग्रस्थानमा आउने गर्दथ्यो ।

    पछिल्लो समय उनी वाइट प्लस अडियो भिडियो कम्पनी संचालन गरी म्यूजिक भिडियोको निर्देशन र सम्पादनमा पनि क्रियाशिल थिए ।

    वि.स. २०३१ साल फागुन २६ गते जन्मिएका श्रेष्ठका सात जना दिदीहरु छन् । उनी परिवारका कान्छा सदस्य थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…