• रूपेन्द्र शेर्मा
    उर्लाबारी ।  राजघाट स्वास्थ्य चौकीको नवनिर्मित दुई तले पक्की भवन शुक्रबार उद्घाटन गरिएको छ । मोरङ, उर्लाबारी–८ दुर्गापुरीमा दुई करोड २५ लाख रुपैयाँको लागतमा निर्मित स्वास्थ्य चौकीको सुविधा सम्पन्न १६ कोठे भवन उद्घाटन गरिएको हो । नगर प्रमुख खड्ग फागोले एक समारोहकाबीच भवन उद्घाटन गरे ।

    नेपाल सरकारको अनुदानमा निर्मित सो भवन निर्माणका लागि स्थानीय वासिन्दाले सात कठ्ठा १२ धुर जग्गा उपलब्ध गराएका छन् । तीमध्ये स्थानीय व्यवसायी पूर्णप्रसाद धमलाले तीन कठ्ठा पाँच धुर, शशिधर धमलाले एक कठ्ठा तीन धुर, टिकामाया धमलाले आठ धुर र लक्कीमाया धिमालले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । बाँकी १६ धुर जग्गा चन्दा संकलन गरेर खरिद गरिएको जग्गादाता पूर्णप्रसाद धमलाले जानकारी दिए । त्यस अवसरमा जग्गादाताहरुलाई सम्मान समेत गरिएको छ ।


    सिनियर अहेब अधिकृत बालकृष्ण शाहीको नेतृत्वमा छजना कर्मचारी कार्यरत सो स्वास्थ्य चौकीमा ७२ प्रकारका औषधि निःशुल्क बितरण गरिने छ । स्वास्थ्य चौकीमा रोगीको स्वास्थ्य परीक्षण, परिवारनियोजन सेवा, पोषण सेवा, एकीकृत बालरोग उपचार सेवा, क्षयरोग, कुष्ठ रोग, प्रयोगशाला, नेपाल सरकारको स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र हात्तीपाइले रोगविरुद्धको स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य चौकीका प्रमुख शाहीको भनाई छ ।
    उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको भवन उद्घाटन समारोहमा स्थानीय समाजसेवी, चिकित्सक, शिक्षक, बिभिन्न संघ÷संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
    भवन उद्घाटनकै अवसरमा सो स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा पाँच सय ४९ जना रोगीको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । शिविरमा हाडजोर्नी, आँखा, मुटु, स्त्री रोग विशेषज्ञ र जनरल फिजिसियनले सेवा पुर्याएका छन् । शिविरमा प्रयोगशाला सेवाका साथै निःशुल्क औषधि समेत बितरण गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…