• २८, बैशाख, विर्तामोड । नेपाल शिक्षक संघ झापाको ३० औं स्थापना दिवस शनिवार विर्तामोडमा एक समारोहकाबिच मनाइएको छ । सिके प्रसाई स्मृति प्रतिष्ठान विर्तामोडमा आयोजित कार्यक्रममा संघमा आबद्ध जिल्लाका उत्कृष्ट शिक्षक तथा उत्कृष्ट पत्रकारलाई सम्मान गरेको छ ।
    शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तथा धुलावारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लगाईलाई शिक्षा क्षेत्रको अभिवृद्धिमा पुरयाउनु भएको योगदानको उच्च मुल्याङ्कनका साथ अभिनन्दन गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षक संघ प्रदेश नम्बर १ का अध्यक्ष पूर्णप्रसाद गौतमले दोसल्ला ओडाएर अभिनन्दन पत्रका साथ अभिनन्दित गर्नु भएको थियो । साथमा उहाँकी धर्मपत्नि अमृता चम्लगाई पाठकलाई समेत सम्मान गरिएको थियो ।
    यसैगरी उत्कृष्ट शिक्षा पत्रकार पुरस्कारबाट नागरिक एफमका कार्यक्रम संयोजक ईश्वर अधिकारीलाई सम्मान गरिएको थियो । उहाँलाई नगदसहित उत्कृष्ट शिक्षा पत्रकारिताको पुरस्कार प्रदान गरिएको हो ।
    साथै समारोहमा झापाका उत्कृष्ट ८२ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो ।
    शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको अध्यक्षता तथा शिक्षक संघ प्रदेश १ का अध्यक्ष पूर्णप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका पूर्व उपसभापति देउमान थेबे, शिक्षक युनियन झापाका अध्यक्ष बुद्धिमान कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन संघका झापा सचिव योगेन्द्र पौडेलले सञ्चालन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…