•  

    काठमाडौँ। गत निर्वाचनमा नराम्ररी पराजित बनेको नेपाली कांग्रेस यतिबेला राष्ट्रिय जागरण अभियानमा व्यस्त छ। संगठन सुदृढिकरण र सरकारलाई खबरदारी गर्न ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय पदाधिकारी खटिएका छन्।

    आन्तरिक गुट र उपगुटमा विभाजित कांग्रेसका नेता कार्यकर्ता सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिन थालेपछि केन्द्रीय अनुशासन समितिले पार्टीका शीर्ष नेतासहित कार्यकर्तालाई समेत निगरानीमा राखेको छ।

    वैशाख २५ गतेबाट सुरु भएको जनजागरण अभियानमा शीर्षनेता तथा कार्यकर्तासमेतको अनुगमन गरी अनुशासन समितिमा प्रतिवेदन दिन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) को टोली ७७ जिल्लामा खटाइएको छ।

    अभियानको अनुगमन गर्न टोली खटाएपछि कारबाहीमा परिने डरले एक गुटका नेताले अर्को गुटका नेतालाई गाली गलौज गर्ने, दोषारोपण गर्ने र नंग्याउने प्रवृत्तिमा कमी आउने अपेक्षा गरिएको छ। अनुशासन समितिले जागरण अभियानमा कहाँ के भइराखेको छ भनेर सूक्ष्मरूपमा हेरिरहेको, शीर्ष नेतादेखि अन्य नेता र कार्यकर्तामाथि निगरानी राखिएको एक नेताले जनाए।

    तर लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यसरी निगरानी राख्न थालिएपछि पार्टी भित्रको आन्तरिक लोकतन्त्र कमजोर हुने नेताहरुले बताएका छन्। ‘कांग्रेसको विशेषता भनेकै नेताहरुको गलत कामको खुलेर विरोध गर्न सक्नु हो,’ एक नेताले भने, ‘कार्यकर्तामाझ जाँदा गलत कामको विरोध गर्न नपाउनु भनेको निरंकशुतातर्फ अगाडि बढ्नु हो।’

    सार्वजनिक स्थलमा नै नेताहरु आरोप प्रत्यारोपमा उत्रिएपछि अनुसशानस समितिले नेताहरुको निगरानी सुरु गरेपनि त्यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई सखाप पार्ने एक थरी नेताहरुको बुझाइ छ।

    ‘हिजो गिरिजाप्रसाद कोइरालाको त पार्टीभित्र विरोध र आलोचना हुन्थ्यो,’ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘आज संस्थापन पक्षले आफ्नो धेरै विरोध र आलोचना हुन थालेपछि अनुशासन समितिको आडमा पार्टीभित्र निरंकुशता लाद्न खोज्दै। यस्तो निरंकुशता पार्टी कार्यकर्तालाई स्वीकार्य छैन।’

    गतल कामको विरोध गर्न पाउने लोकतान्त्रिक अधिकारमाथि पनि कुण्ठित गर्न खोजिए त्यसले पार्टीलाई नै घाटा पुर्याउने असन्तुष्ट नेताहरुको भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…