• देबु बानियाँ
    बाहुनडागी । दाङ लेडी जेसीजले वर्ष २०१९ को अप्रिल महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
    नेपाल जेसीजले आइतवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तरगत एरिया ‘डी’ बाट दाङ लेडी जेसीजले यो अवार्ड पाउन सफल भएको हो । दाङ जिल्लाको घोराही उप महानगरपालिकालाई कार्य क्षेत्र बनाएर सामाजिक अभियानमा निरन्तर क्रियाशील यो शाखाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको ।
    शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘घ’ बाट उत्कृष्ट शाखाको रुपमा दाङ लेडी जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ ।
    शाखाले उत्कृष्ट अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष रेखा शर्माले नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, निरुपित कार्यकारीणी उपाध्यक्ष श्याम सुन्दर पौडेल र निरुपित उपाध्यक्ष दिनेश बोहोरालाई धन्यवाद व्यक्त गर्नु भयो । साथै अध्यक्ष शर्माले शाखाका पूर्व अध्यक्ष र बोर्डका सबै पदाधिकारीहरुलाई समेत आभार व्यक्तगर्नु भयो ।  उहाँले यो अवार्डले शाखालाई थप हौषला प्राप्त भएको बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…