• देबु बानियाँ

    बाहुनडागी । एरिया ‘बि’ बाट अप्रिल महिनामा कलैया सिटी जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ ।
    नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत कलैया सिटी जेसीजले एरिया ‘बि’ कै उत्कृष्ट शाखा बन्दै अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजले शाखाहरुको कार्य सम्पादनको आधारमा यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजले आइतवार सार्वजनिक गरेको अप्रिल महिनाको अवार्ड एरिया बि बाट कलैया सिटीले पाउन सफल भएको हो ।
    कलैया सिटी जेसीजले गत चैत महिनामा बारा जिल्लामा आएको विनासकारी हावा हुरीमा परी घाइते भएका व्यक्तिहरुको उधार तथा नेपाल जेसीजका देशभरीका शाखाहरुसँगको सहकार्यमा यस क्षेत्रका पीडित परिवारहरुलाई राहत वितरण गर्ने कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको थियो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘ख’ बाट उत्कृष्ट शाखाको रुपमा कलैया सिटी जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ ।
    कलैया सिटीका अध्यक्ष राजेशप्रसाद कुस्वाहले यो अवार्डले अझ उत्साहित र शाखाप्रति थप जिम्मेवारी बनाएको बताउनु भयो । साथै उहाँले शाखाका सबै पूर्व अध्यक्ष तथा सदस्यहरुलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…