• बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर रुकमणि सिग्देललाई वर्ष २०१९ अप्रिल महिनाको नेशनल अफिसर अफ द मन्थको अवार्ड प्रदान गरिएको छ ।
    नेपाल जेसीजले हरेक महिना नेपाल जेसीजका पदाधिकारीहरु मध्ये उत्कृष्ट एक जनालाई प्रदान गर्ने यो अवार्ड अप्रिल महिनाको सिनेटर सिग्देललाई दिने निर्णय गरेको हो । नेपाल जेसीजको सचिवालयले आइतवार अफिसर अफ द अवार्डको नाम सिनेटर सिग्देलको सार्वजनिक गरेको थियो ।
    अवार्ड अनुसार चौथो महिनाको अवार्ड सिनेटर सिग्देलले प्राप्त गर्न सफल हुनु भएको हो । यस अघि राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल, राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ र सिनेटर कमल भण्डारीले प्राप्त गर्नु भएको थियो ।
    भकुण्डेबसी जेसीज वर्ष २०१८ की अध्यक्ष सिग्देल जनकपुरमा सम्पन्न महाधिवेशनबाट २०१९ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वा्चित हुनु भएको थियो । सिग्देल क्षेत्र ‘घ’ सुदुर पश्चिम जिल्लाका शाखाहरुको निरुपित उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…