• इलाम : शनिबार सम्पत्र भएको इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनअन्तर्गतको निर्वाचनबाट नेपाली काङ्ग्रेस निकट प्रजातान्त्रिक समूहका उम्मेदवारहरूको प्यानल नै फराकिलो मतान्तरसहित विजयी बनेको छ । ईश्वर चिपालु नेतृत्वको प्यानलले सयभन्दा धेरै मतको अन्तरसहित विजयी बनेको हो ।
    अध्यक्षमा ईश्वर चिपालुले २४१ मतअन्तरसहित प्रगतिशील समूहका देवेन्द्र शङ्करलाई पराजित गरेका हुन् । चिपालुले ६४३ र शङ्करले ३९३ मत प्राप्त गरेका हुन् । वरिष्ट उपाध्यक्षमा प्रजातान्त्रिक समूहका कृष्ण (चेतनाथ) पौडेलले २२६ मतको अन्तरले विजय हासिल गरेका छन् । पौडेलले ६१६ र प्रतिष्पर्धी भक्तबहादुर लुङ्गेलीले ३९० मत प्राप्त गरेका छन् ।
    वाणिज्य उपाध्यक्षमा दिपेश श्रेष्ठले २४० मतअन्तरले भगिरथ कट्टेललाई, उद्योग उपाध्यक्षमा मदन (दुर्गा) श्रेष्ठले १८१ अन्तरले प्रविणकुमार श्रेष्ठलाई, महिला उपाध्यक्षमा अनुजा गजुरेल (सुबेदी)ले १२४ मतले कमला बाँस्कोटा (रिजाल)लाई, महासचिवमा हेमन्त गौतम (अत्री)ले १६१ मतअन्तरले प्रकाश चापागाईलाई, सचिवमा श्रीबहादुर विष्टले १०७ मतअन्तरले केशव खनाललाई र कोषाध्यक्षमा सन्तोष भक्तराजलवटले १४४ मतअन्तरले दिब्या भट्टराईलाई पराजित गरेका हुन् ।


    वाणिज्य उपाध्यक्षमा श्रेष्ठले ६२७ र कट्टेलले ३८७, उद्योग उपाध्यक्षमा मदनले ६०३ र प्रविणले ४२२, महिला उपाध्यक्षमा सुबेदीले ५६५ र रिजालले ४४१, महासचिवमा गौतमले ५८७ र चापागाईले ४२६, सचिवमा विष्टले ५६० र खनालले ४५३ तथा कोषाध्यक्षमा राजलवटले ५७९ र भट्टराईले ४३५ मत प्राप्त गरेका छन् ।
    महिला सदस्यमा प्रजातान्त्रिक समूहका खिनमाया बस्नेतले ५५६, देविकला पोखरेल (निरौला)ले ५३३ र दिपा गुरुङले ५०२ मतसहित विजय हासिल गरेका छन् । महिला सदस्यका प्रतिष्पर्धीहरू कौशिला राईले ४५३, गंगादेवी पाठक उप्रेतीले ४२९ र रमादेवी थापाले ४२० मत प्राप्त गरेका छन् ।

    खुल्ला सदस्यमा पनि प्रजातान्त्रिकका पाँच जना विजयी बनेका हुन् । बालकुमार श्रेष्ठले ६०५, सुमन (धर्मेन्द्र) सुबेदीले ५७७, सुमन दासले ५५४, देवीप्रसाद पौडेलले ५४६ र कर्णबहादुर साम्पाङ राईले ५३५ मतसहित विजयी बनेका हुन् । प्रतिष्पर्धीहरू रेशम बहादुर बराईलीले ४८३, ठाकुरप्रसाद कट्टेलले ४२६, नेत्रप्रसाद पोखरेलले ४१२ र चन्द्र निरौला (मदन)ले ३८१ मत प्राप्त गरेका हुन् ।

    शनिबार बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म सदरमुकामको गौतमबुद्ध सभागृहमा भएको निर्वाचनमा जम्मा एकहजार दुईसय ५९ सदस्य मतदातामध्ये एक हजार ६८ मत खसेकोमा आज आइतबार बिहान चार बजेतिर मतगणना सकिँदा २० मत बदर भएको थियो । यसअघि सङ्घको आठौँ अधिवेशनअन्तर्गतकै साधारण सभा बैशाख ७ गते सम्पत्र भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…