उर्लाबारी । शितल राई बचाउ अभियानका संयोजक नुतन राईले उपचारमा सहयोग पु¥याउने सबैमा धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ । आर्थिक, नैतिक साथै बौद्धिक क्षेत्रमा साथ दिनुहुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दछौ,राईले सामाजिक सञ्जाल मार्फत भन्नुभयो ।
दुर्घटनामा परि टाउँकोमा गम्भिर चोट लागेका शितल राईको पिडालाई आफ्नो पिडा सम्झेर सहयोग गर्नुहुने सहयोगीदाता सञ्चारकर्मीले धन्यवाद दिनुहुदैं साथ सहयोगले नै उपचारमा सहज भएको राईको भनाई छ ।
झापाको दमक नगर पालिका स्थित चिया बगानमा २०७५ साल पुस १८ गते मोटरसाइकल दुर्घटनामा परि शितल सक्त घाइते हुनु भएको थियो । सहयोगीदाताकै कारण शितलले नयाँ जिवन पाउनुभएको छ । जसको कारण शितलको श्रीमती श्रीकुमारीले हर्षको आँशु झार्दै सहयोगी दाता सबैलाई भगवानको उपमा दिनुभएको छ ।
नतुन राईले पोष्ट गर्नुएको आभार जस्ताको तस्तै
#आभरी_छु
सम्पुर्ण शितल राई बचाउ अभियानमा आर्थिक, नैतिक साथै बौद्धिक क्षेत्रमा साथ दिनुहुने अनि यस हाम्रो पिडालाइ संसार भरी यत्रतत्रा छरिएर बस्नु भएको सम्पूर्ण सहयोगी मनहरु सामु सामाजिक संजालको माध्यमबाट छिटो र सहजपुर्ण ढंगले हाम्रो दुखलाई सामाजिक संजालमा भाइरल बनाइ आर्थिक संकलनमा निरन्तर साथ सहयोग गर्नुहुने सम्पूर्ण टिमहरुलाई धन्यवाद दिन चाहान्छु ।
झापाको दमक नगर पालिका स्थित चिया बगानमा २०७५ साल पुस १८ गते मोटरसाइकल दुर्घटनामा परि सक्त घाइते हुनु भएको आदरणीय दाजु श्री शितल राई को एकदमै आर्थिक अवस्था नाजुक भइ आर्थिक समस्याको कारण उपचार हुन नसक्दा ठूलो समस्याको पर्खालमा जीवनमरणको दोसाँधमा एकमुठ्ठी झिनो बाच्ने आसलाई आत्मासाथ गरि ढुकढुकी चलाइरहेका शितल राईलाई आज भने तपाईं-हाम्रो माया, हौसला र आर्थिक सहयोगको कारण उहाको टाउकोमा परेको चोटको कारण निकालिएको हड्डि आज भने पुर्ण फेरि पहिला जस्तै लगाउन सफल भएको छौ यसको उपज भने सम्पूर्ण तपाइहरु सहयोगदातामा जानेछ आज तपाइहरुको मायाले शितल राइले नया जीवन पाएको छ । तर अझै पनि राइको देब्रे एक पाटा भने चलेको छैन ।
शीतललाई सहयोग
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शीतल राईलाई शुभेच्छुकले आर्थिक सहयोग गरेका छन्। गत पुस १८ गते भएको दुर्घटनाका कारण टाउकाको खोपडी नै निकालिएका राईलाई हाल ललितपुर नखिपोट बस्दै आएकी सामाजिक अभियन्ता इनुमा राईको पहलमा संकलन भएको दुई लाख ५६ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो।
श्रीमती र तीन छोरीसहित हाल उर्लाबारी बस्दै आएका राईको चोटका कारण टाउकाको दायाँ पाटोको खोपडी निकालिएको छ। उपचारका क्रममा निकालिएको टाउकाको खोपडी पुनः शल्यक्रिया गरेर राख्नुपर्ने भए पनि आर्थिक अवस्था नाजुक भएकाले सहयोग अभियान चलाइएको समाजसेवी इनुमाले बताइन्। खर्च अभावमा अस्पतालबाट निकालेर घरैमा राखिएका राईको उपचारका लागि इनुमाले ‘अहिले सहयोग नगरे कहिले गर्ने’ भन्ने नारासहित गत फागुनबाट सामाजिक सञ्जालमार्फत ‘शीतल राई उपचार सहयोग अभियान’ थालेकी थिइन्।
नेपाल, अमेरिका, यूके, यूएई, इजरायल, मलेसिया, कोरिया, जोर्डनलगायत देशमा रहेका नेपालीबाट संकलन गरिएको रकम अभियन्ता इनुमाले किरात राई यायोक्खा मोरङमा कार्यक्रम गरी आफन्त तथा पत्रकारको उपस्थितिमा घाइते परिवारलाई हस्तान्तरण गरेकी छन्। सहयोग अभियानमा खोटाङ घर भई हाल यूएईमा रहेका भगवती चाम्लिङ, हिरन राई, हिराधन चाम्लिङ, हाल मलेसियामा रहेका कृष्ण राई र इजरायलमा रहेका इन्द्र राईलगायतले साथ दिएको इनुमाले बताइन्।
तस्बिर धिरज प्रधान
https://www.youtube.com/watch?v=U2HCl57_qOo&t=619s