• उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिनुभएको छ । १० जना विद्यार्थीको लागि बर्षभरी आवश्यक पोसाक,कपि कलम,जुत्ता व्याग उपलब्ध गराउदैं आवश्यक शुल्क सबै आफैले तिरिदिने हुनुभएको हो ।

    कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिनुभएको हो ।
    पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीहरु उज्वल भविष्यका लागि आफूले सहयोग गरेको श्रेष्ठले बताउनुभयो । गतबर्ष पनि आफुले १० जनालाई छात्रबृत्ति दिएको बताउनुहुदैं श्रेष्ठले यस बर्ष पनि निरन्तरता दिइएको बताउनुभयो ।

    यसबर्ष केहि विद्यार्थी छात्रबृत्तिका लागि फेरवदल भएको बताउनुभयो । छात्रबृत्ति पाउने विद्यार्थीले छात्रबृत्ति पाए अनुसार प्रगती गर्न सकोस,छात्रबृत्तिको सहि सदुपयोग होस, यसवर्ष उत्कृष्ठ तथा विपन्न परिवारका नानीहरुलाई छनौट गरेका हौ,श्रेष्ठले भन्नुभयो ।

    त्यसबेला घरको अवस्था दयनिय भएकोले हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, अहिले जस्तो जुत्ता ब्याग त सपना जस्तै, श्रेष्ठले भन्नुभयो, आज त्यही दिनहरु सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्रवृत्ति उपलब्ध गराएका हुँ ।
    व्यवस्थापन समितिको बैठकले आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम छात्रबृत्तिको लागि दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्नुभएको विद्यालयका प्रअ मोहन चापागाईले बताउनुभयो ।

    चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुमा मिलन जिमी,विमल विश्वकर्मा,कुशल लिम्बू,भुमिका खतिवडा,सजना लिम्बू,मनिषा लिम्बू,ओसिन मारापाँचे,सुमित लिम्बू,पूर्णमाया खड्का र अनिशा राई रहनुभएको छ ।
    उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताउनुभयो ।

    श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भन्नुभयो,उहाँको सहयोगले आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हटेको मात्र छैन,विद्यालयमा विद्यार्थीहरु पनि थपिदैं गएका छन् । उहाँलाई धन्यवाद दिन चाहन्छौ ।
    प्रअ चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा यसअघि मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गर्नुभएको थियो । हाम्रा पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठको सहयोग विद्यालयको स्तर उन्नतीमा सदैव रहेकोछ, चापागाईले भन्नुभयो । विद्यालयमा आयोजना हुने विविध कार्यक्रममा श्रेष्ठले सहयोग गर्दै आउनुभएको चापागाई बताउनुहुन्छ । श्रेष्ठले विद्यार्थीको लागि अभिभावकसँग मिलेर ट्याक सुट पनि उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…