• काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला तहको नेतृत्व टुंग्याएको केही समयपछि नै तल्लो तहको कमिटीलाई सम्मेलन गरेर फ्रेस नेतृत्व ल्याउने सोच बनाएको छ । सो पार्टीले आगामी एक वर्षभित्रै महाधिवेशन गर्ने घोषणा गरेको छ ।

    पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।

    तर, सबै संगठित सदस्यहरुको लागत संकलनमै ६ महिना भन्दा बढी समय लाग्ने अवस्थामा यति छिटै सम्मेलन गर्न नसक्ने अवस्था रहेको नेताहरुको दाबी छ ।

    पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो ।

    तर, पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । पार्टी एकता भएको लामो सुमयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।

    विगतमा एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

    अझैं पोलिटब्युरो गठन तथा धेरै काम बाँकी रहे पनि महाधिवेशन पार्टीका ठूला नेतालाई हतार लागेको छ । पार्टी अध्यक्ष प्रचण्डले भने यो विषयलाई कार्यकर्ताहरुको बीचमा सम्बोधन गर्दा प्राथमिकतासाथ उठाउन थालेका छन् ।

    जिल्ला नेतृत्व घोषणा गरेकै दिन पनि प्रचण्डले एक वर्षभित्र महाधिवेशन गरिसक्ने विषय प्राथमिकताका साथ उठाएका थिए । त्यसयताका सबैजसो कार्यक्रममा प्रचण्डले यसलाई प्राथमिकतामा राखेका छन् ।

    तर, पूर्व एमाले समूहले भने यसलाई प्रचण्डको राजनीतिक चलाखी भन्दै निको मानेका छैनन् । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पदलाई बार्गेनिङ गर्ने टुलका रुपमा पार्टीको महाधिवेशनलाई लिएका छन् ।

    कार्लमाक्र्सको २ सय एक औं जन्मदिनको दिन पनि प्रचण्डले सम्बोधन गरेर एक वर्षभित्र जिल्ला अधिवेशन त्यसपछि पार्टीको महाधिवेशन गर्ने बताएका थिए ।

    त्यसबेला सांकेतिक रुपमा आफू जंगल जान समेत तयार रहेको बताएर तरंग नै ल्याए । यसका पछाडि धेरै कारण रहेका छन् । उनी अबको महाधिवेशनपछि एकिकृत पार्टीको निर्वाचित अध्यक्ष बन्न चाहन्छ । उनको यो चाहना निकै उत्कृष्ट भैसकेको जानकारहरुको दाबी छ ।

    त्यसैगरी पार्टी अध्यक्ष भएपछि चार वर्षभित्र चुनावी सरकारको नेतृत्व गर्ने उनको चाहना छ । त्यो चाहना पूरा गर्न एकीकृत पार्टीभित्रै पनि धम्कीको भाषा प्रयोग गर्न थालेको बताइन्छ ।

    नेकपाकै केन्द्रीय सदस्य एवं ईश्वर पोखरेलका अघोषित राजनीतिक सल्लाहकार सूर्य थापाले त सामाजिक संजालमै प्रचण्डको विरोध गर्न भ्याएका थिए ।

    जसका कारण पक्ष र विपक्षका धेरै बहस भएको थियो । पार्टी एकताको सुरुदेखि नै विपक्षमा उभिएका ईश्वर पोखरेल निकटकै केन्द्रीय सदस्यवाद सामाजिक संजालमा प्रचण्डविरुद्ध अभिव्यक्ति आएपछि त्यसको हिसाब राख्न प्रचण्डले आफू निकटकालाई निर्देशन दिइसकेका छन् ।

    एकता पछिको एक समय पोखरेल स्वयंमले अध्यक्ष प्रचण्डलाई जंगलीसम्म भन्न बाँकी राखेका थिएनन् । पोखरेल सरकारमै भए पनि भित्रभित्र आफ्ना गुटकालाई भेट्ने र प्रधानमन्त्री ओलीको आलोचना गर्ने काम पनि उनले छाडेका छैनन् ।

    आफू निकटस्थहरुसँग ओलीलाई पनि अयोग्य भनिरहेका छन् भने बाहिर केपी ओलीको कानमा बन्दुक राखेर पड्काएर चाकडी गर्न पनि छाडेका छैनन् ।

    यो मेसोमा प्रचण्डलाई पनि मौका पाएको बेला आफू र निकटकाबाट बेला बेलामा छिड्की हानिरहेकै हुन्छन्, जनप्रहारमा उल्लेख छ ।

    अहिले पनि प्रचण्डले जुन टिप्पणी सार्वजनिक गरेका छन् त्यो नेताहरुबीचका सामान्य विवादमा फेसो हालेर विवादलाई तन्काउने, नेताहरुमा फाटा ल्याउने र तर मार्ने प्रयासका रुपमा पोखरेल लागेका छन् ।

    तर, पोखरेललाई प्रचण्डले मन नपराउने भएपछि त्यसको विकल्पमा विष्णु पौडेल आईपुगेका हुन् । प्रचण्ड पौडेललाई बोेकेर अघि बढ्न चाहन्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…