उर्लाबारी,जेठ १ । उर्लाबारी उद्योग वाणिज्य संघले जेठ ११ र १२ गते एडभान्स मेकअप , हेयर कटिङ र हेयर डिजाइनिङ तालिमको आयोजना गर्ने भएको छ ।
बुधबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तालिमका बारेमा जानकारी गराएको हो । तालिममा उर्लाबारी नगर क्षेत्रमा सौन्दर्य सम्बन्धी सौख भएका र हाल ब्यावसाय गरिरहेका ५० जना महिलाले सहभागिता जनाउने छन् । नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवं सौन्दर्य विशेषज्ञ कमला श्रेष्ठले तालिममा सहजिकरण गर्नु हुनेछ । तालिमका विषयमा जानकारी गराउँदै कार्यक्रम संयोजक एवं उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग सचिव सम्झना खतिवडाले सौन्दर्य ब्यवसायलाई ब्यावसायिक बनाउने एवं महिलालाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय सौन्दर्य ब्यावसाय पनि उद्योगका रुपमा विकसित भएको बताउनु भयो ।
तालिममा सहभागि हुनेले ३ हजार रुपियाँ शुल्क बुझाउनु पर्नेछ ।कुल ३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको दुई दिने तालिमका लागि अपुग रकम वाणिज्य संघले ब्योहोर्ने छ । वाणिज्य संघको सभाहलमा हुने तालिममा कमला श्रेष्ठ सँगै शान्ता राई र लिना राईले पनि सहजिकरण गर्नु हुनेछ ।
पत्रकार सम्मेलन वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीको सभापतित्वमा भएको थियो ।