• काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

    विशेष अदालतल काठमाडौंले बुधबार थुनछेक बहसपछि उनीमाथि बिगोअनुसारकै ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाठकलाई नेपाल बंगलादेश बैंकले बैंक ग्यारेण्टी दिएपछि उनी बुधबारै रिहा भएको विशेष अदालत काठमाडौंले जनाएको छ ।

    विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बिगोअनुसराकै धरौटी मागेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो ।

    ७८ लाख रुपौयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…