बाहुण्डाँगी । बिहिवारदेखि मेचीनगर ३ को पहलेधापमा क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । जनहित समावेसी समाज मेचीनगर ३ को ५ औँ बार्षिकोत्सवको अवसर पारेर गरिएको प्रतियोगिताको उद्घाटन खेलमा निन्दा फुटबल क्लब र दिप ज्योति फुटबल क्लबले विजयी सुरुवात गरेका छन् । न्दिाले आयोजक टिमलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ । जितका लागि विष्ण्ुा कोइराला, रोमन तामाङ, रोमन मग्रान्ती र इन्द्र राईले गोल गरे । यसैगरी दिप ज्योतिले बुद्धशान्ति फुटबल क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो । दिप ज्योतिको पुजन राईले ह्याट्रिक गरे ।
शुक्रवारको पहिलो खेल केकेएफसी र रोङ गाउँपालिका तथा दोस्रो खेल डाँडागाउँ युवा क्लब र बाहुण्डाँगी युवा क्लबबिच हुने आयोजक समितिका आर्थिक संयोजक हेम पुलामीले बताउनु भयो ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा बहुवन सामुदायिक वन रहेको छ । जसले खेलको पहिलो पुरस्कार नगद ३० हजार सहयोग गरेको छ ।
आयोजक क्लबका अध्यक्ष छत्र सारु मगरको सभापतित्व तथा मेची नगरनगरपाकिकाका कार्यपालिका सदस्य टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत र समाजसेवी बृहस्पति खतिवडाले बोल्नु भएको थियो । कार्यक्रममा बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा, मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष सुमन थापा, जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, वडा सदस्य रिता थापालगायतको सहभागिता रहेको थियो ।
सविना मुखियाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चलन अर्पण सुनुवार र निरज पोखरेलले गर्नु भएको थियो । प्रतियोगिताको फाइनल विजेता टिमले नगद ३० हजार र उप विजेता टिमले नगद २० हजार प्राप्त गर्ने आयोजक समितिका खेल संयोजक विशाल सुनुवारले बताउनु भयो । प्रतियोगिताको फाइनल खेल जेठ ११ गते हुनेछ ।